दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वल्र्ड स्कुल स्पोर्ट्स टोली फर्कियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन ४ गते, सोमबार १६:५९

काठमाडौ ।आईएसएफ यु–१५ वल्र्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी भइ १५ खेलाडीसहित २४ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।
सर्बियाको बेलग्रेडमा सेप्टेम्बर ११ देखि १९ तारिखसम्म भएको गेम्समा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
तेक्वान्दोतर्फ नेपालले ३ कांस्य पदक जित्यो । ब्यक्तिगत पुम्सेको ब्वाइजमा लावाङ लामा र गल्र्समा सिमानी लामाले कांस्य जिते । दुवै मिलेर पेयर पुम्सेमा पनि नेपाललाई कांस्य दिलाए ।
पौडी टोलीले भने ‘बेस्ट पर्फमर टोली’ को उपाधि जितेको आईएसएफ डेलिगेटका रुपमा सहभागी राजकुमार कार्कीले जनाएका छन् । कार्कीका अनुसार गेम्स विभिन्न ३५ राष्ट्रका ५ हजार भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । टोली खेलाडी, अभिभावकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु