दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विप्लवनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२औं सम्मेलन सम्पन्न, शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति गठन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन १५ गते, शुक्रबार १८:५७

काठमाडौं, १५ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले २२औ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले उद्घाटन गरेर सुरु भएको सम्मेलन असोज ६ गतेदेखि ९ गतेसम्म पोखरामा सम्पन्न भएको आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

सम्मेलनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष प्रकाश शाहीले सम्मेलनले २१औं राष्ट्रिय सम्मेलनबाट प्रस्तावित वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक खाका प्रस्तु्ुत गरेको जानकारी दिए । उनले शिक्षालाई पछिल्लो समयमा व्यापारको हिसाबले हेरिएको र सो विषयको सम्मेलनमा उठान गरेको जानकारी दिए । उनले भने,‘वैज्ञानिक समाजवादी शिक्षा वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै सुनिश्चित् हुने हुँदा वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्क्रिमा लामबद्द हुन विद्यार्थीहरुलाई अपिल छ ।’
अनलाइन शिक्षाको नाममा भइरहेको लुट र विभेदलाई नियन्त्रण गरि तत्काल भौतिक कक्षा सञ्चालन गर्नसमेत उनले जोडदार माग गरे । सरकारले जनताको कुनै पनि समस्याको समाधान गर्न नसकेको आरोप लगाउदै उनले सरकारबाट मुठ्ठीभरका मानिसहरुले मात्र लिइरहेको पनि आरोप लगाए ।

देशको विद्यमान शिक्षा क्षेत्रले सम्पुर्ण विद्यार्थीको भविष्य सुुनिश्चित् गर्न नसक्ने उनको ठहर छ । उनले दुर्गम क्षेत्रका विद्याथीहरुको पढाईको स्तर खस्किनुमा पढ्नलाई भौतिक सुविधा नभएको उल्लेख गरे । उनले देश कोरोना संकटबाट आक्रान्त बनेको बेला संक्रमित सबै नागरिकहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नुको साथै सम्पुर्ण नागरिकलाई कोरोना खोपको अनिवार्य व्यवस्था गर्न माग गरे ।पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित सचिव विरेन्द्र शाहले सभ्य र भव्यताको साथ २२औं सम्मेलन पोखरामा सम्पन्न भएको बताए । उनले सम्मलेनले प्रकाश शाहीको अध्यक्षतामा ११३ सदस्यीय केन्द्रीय समिति गठन गरेको जानकारी दिए । शाहले मेडिकल शिक्षामा भएको बेतिथिको अन्त्य गरि सरकारको लगानीमा मेडिकल कलेजहरुको विस्तार गरी नेपाली प्रतिभा र पुँजी पलायन हुनबाट रोक्नुपर्नेमा जोड दिए । उनले पोखराको मणिपाल अस्पताललाई तत्काल राष्ट्रियकरण गर्न सरकारसँग जोडदार माग गरेका छन् । उनले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले गरेको ३ बुंदे सहमति तत्काल अक्षरश कार्यान्वयन गर्नपर्ने पनि माग गरे । लिपुलेक लिम्पियाधुरा लगायतका देशैभरिका अतिक्रमित भूमि फिर्ता गरि सिमानामा काँडेतार लगाउन जोडदार माग गरे ।

कार्यक्रममा बोल्दै उपाध्याक्ष नरेन्द्र विश्वकर्माले जनमतसंग्रह पार्टीको मुख्य एजेन्डा बनाउने बताए । वैज्ञानिक समाजवादी व्यवस्था र दलाल पुँजीवादी संसदीय व्यवस्थाका विषयमा तत्काल जनमतसंग्रहको घोषणा गर्न पनि सरकारसमक्ष माग गरे । उनले भने,‘विदेशीको हस्तक्षेपमा अब बस्न चाहादैनौं शैक्षिक माफियाहरुलाई लुटको स्वर्गमा धावा बोल्नेलाई चेतावनी दिन चाहान्छु । अनुसन्धान गर्न विद्यार्थी आन्दोलनको नेतृत्व अखिल क्रान्तिकारीले गर्नेछ ।’ उनले राष्ट्रघाती एमसीसीको विरुद्ध संघर्ष गर्न सम्पुर्ण विद्यार्थीहरुलाई आग्रह गरे ।

त्यस्तै, महासचिव मिलन राईले जनताको जनजिविकाको अवस्था अत्यन्त्यै कमजोर भएको भन्दै अझैपनि नेपालमा राजनीतिक आन्दोलन नभई सकेको बताए । उनले विद्यार्थी आन्दोलन अहिलेको आवश्यकत्ता भएको जिकिर गरे । आफ्नो संगठन विद्यार्थीहरुको निम्ति बलिदान गर्न र जेल बस्न पनि तयार रहेको उनको उद्घोष छ ।
अहिलेको व्यवस्थाले जनताको समस्या समाधान नहुने उनको भनाई थियो । उनले सरकारले गर्ने नराम्रो कामको विरुद्ध आफ्नो संगठन झम्टिन र जनताको सारथीको भूमिका निभाउन तयार रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष रुपा बुढाले गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु