दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्वर्गीय गणेश दत्त न्यौपाने को सातौ दिनको पुण्यतिथिमा शोक सभा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन २१ गते, बिहीबार ९:०१

काठमाडौ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेबीको आयोजनामा शोक सभा सम्पन्न भएको छ ।

सामुदायिक सेवा केन्द्र टुँडालदेबीका अध्यक्ष रामप्रसाद न्यौपानेका पुजनिय पिता स्वर्गीय गणेश दत्त न्यौपाने (गोबिन्द)को सातौ दिनको पुण्यतिथिमा शोक सभा सम्पन्न भएको हो ।

स्वर्गीय गणेश दत्त न्यौपाने (गोबिन्द )को सम्झनामा मौन धारण गर्दै तस्बिरमा पुष्प गुच्छा अर्पण गरिएको छ।

सामुदायिक सेवा केन्द्रका सचिव मीन प्रसाद पौडयालले शोक मन्तव्य राख्दै शोकलाई शक्तिमा बदल्दै बुवाको सपना पुरा गर्न सकारात्मक साेचका साथ लाग्नुपर्ने बताउनुभयो ।

जन्म पछि मृत्यु प्राकृतिक नियम भएकोले यसलाइ सबैले स्विकार्नुको विकल्प नरहेको भन्दै स्वर्गीय गणेश दत्त न्यौपानेको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली सहित शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गदै धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी कामना गर्नुभएको थियो ।

न्यौपानेको ८७ वर्षको उमेरमा असोज १५ गते निधन भएको थियोे । वहाँको तिन छोरा र दुई छोरी छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु