दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विष्णु र उमेशलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन २४ गते, आईतवार २२:२६

काठमाडौं, असोज २४ गते ।
विष्णुप्रसाद बस्नेत र उमेश धितालले कागेश्वरी मनोहरा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
मुलपानीको अमरसिंह चोकस्थित वडा ७ को कभर्डहलमा भएको फाइनलमा विष्णु र उमेशको जोडीले सुन्दर परियार र कविराज थापाको जोडीलाई २१–९ र २१–८ को सोझो सेटमा पराजित गरे ।
कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा कागेश्वरी मनाहोरा नगर खेलकुद विकास समितिको तत्वावधानमा भएको प्रतियोगितामा मनोज खड्का र हरि थापा तथा सिद्धार्थ लामा र अजम्बर श्रेष्ठको जोडी तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र १ हजार नगद पुरस्कार हात पारे । सिद्धार्थ र अजम्बरको जोडी वडा ५ का हुन् भने बाँकी सबै वडा ९ का हुन् ।
विजेतालाई कागेशवरी मनोहराका मेयर कृष्णहरि थापा, वडा ७ का अध्यक्ष जीवन थापा, कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, समाजसेवी राजाराम सिलवाल, अमरचन्द्र बोहरा, नेप्लिज तेक्वान्दो एकेडेमीका महासचिव तीर्थराज घिमिरेलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । दुईदिने प्रतियोगितामा १३ जोडीले पुरुष डबल्समा स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । विजयादशमी तथा दीपावलीको अवसरमा आयोजित प्रतियोगिताको यो पहिलो संस्करण हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु