दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विजया दशमीको शुभ साइत शुक्रवार बिहान १० बजेर २ मिनेटमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ आश्विन २७ गते, बुधबार १५:२५

असोज २७, काठमाडौँ । यस वर्ष विजया दशमीको शुभ साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले काठमाडौंसहित २७ स्थानका लागि टीकाको उत्तम समय सार्वजनिक गरेको छ । पञ्चाङ्ग निर्णायक समितिले बिहान १० बजेर २ मिनेट उपयुक्त रहेको बताएको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अनुसार अमेरिकाको न्युयोर्कमा ९ बजेर ५५ मिनेटमा, टेक्सासमा स्थानीय समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा टीका लगाउने साइत छ ।

क्यानडाको टोरन्टोमा बिहान ८ बजेर ३५ मिनेटमा तथा अष्ट्रेलियाको सिड्नीमा १० बजेर २५ मिनेटमा उपयुक्त साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए ।

असोज १४ गते बजेको अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको बैठकले नेपाल सहित नेपालीहरुको बसोबास रहेको अन्य देशको साइत तय गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु