दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेकपा (एकीकृत समाजवादी) बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक ११ गते, बिहीबार ७:४८

हेटौंडा –सत्तारुढ नेकपा (एकीकृत समाजवादी) बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेस गरिएको छ । अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र एक वा एकभन्दा बढी दलको बहुमत सांसदको समर्थन जुटाएर दाबी गर्न आउन आह्वान गरेसँगै बुधबार नै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेको हो ।
दाबी पेसका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एस) र जनता समाजवादी पार्टीले बहुमत सांसदको समर्थन जुटाएर प्रदेश प्रमुख कार्यालय पुगेर शर्मालाई हस्ताक्षर पत्र बुझाएका हुन् । एमाले सरकारबाट बाहिरी सकेको छ भने, विवेकशील साझा, नेमकिपा र राप्रपा सरकारमा सहभागी नहुने भएका छन् ।
माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेकपा एसका १३ र जसपाका १ सांसद गरी ५९ सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त हुनेछन् । १०९ सांसद संख्या रहेको बागमतीमा बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश प्रमुख शर्माले संविधान बमोजिम नयाँ सरकार गठका लागी दाबी पेश गर्न बिहीबार ३ बजेसम्म समय तोकेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु