दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वर्ष खुलेर छठ पर्व मनाउन नपाएका भोजपुरावासी यो वर्ष भने पर्व मनाउन निकै सक्रिय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक २४ गते, बुधबार ६:४३

पर्सा, कार्तिक २४। कोरोना कहरका कारण गत वर्ष खुलेर छठ पर्व मनाउन नपाएका भोजपुरावासी यो वर्ष भने पर्व मनाउन निकै सक्रिय भएका छन् ।

छठ पर्वको मुख्य दिन आउने पर्खाइमा पूर्वतयारी गरिरहेका यहाँका व्रतालु तथा भक्तजन सँझिया घाटको सूर्यलाई अर्घ दिन स्थानीय नदी, तलाउ र पोखरीमा पुग्छन् । चार दिनसम्म मनाइने छठको मुख्य दिन बुधबार सँझिया घाटमा पुगी सूर्यलाई अर्घ दिन व्रतालु तथा भक्तजन सक्रिय भएपछि अघिल्लो वर्षभन्दा भोजपुरा क्षेत्रका नदी तलाउ तथा पोखरी यो वर्ष निकै सजिइरहेका हुन् ।

पर्सा, बारा र रौतहटमा मुख्य भाषाका रूपमा भोजपुरी प्र्रयोग हुने भएकाले यो ठाउँलाई स्थानीय बोलचालको भाषामा भोजपुरा क्षेत्र भनिन्छ । कोरोनाको संक्रमण शून्यतिर झरेको भोजपुरा क्षेत्रमा यो वर्ष छठ पर्व मनाउन स्थानीय निकै उत्साहित भएका छन् ।

पूर्वयुवराज्ञी हिमानी शाह पनि छठ पर्वको मुख्य दिन वीरगन्ज आउने चर्चा छ । यसले पनि पर्सामा छठ पर्वको रौनक थप बढेको आजको राजधानी दैनिकमा खवर छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु