दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्लोबल क्याफे धुम्वाराहीमा रैथाने फुड फेस्टिवल सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर ९ गते, बिहीबार २०:३३

काठमाडौ ।हाम्रो खानाको आफ्नै संस्कृति छ, जुन हामीले बिर्सिसकेका छौँ समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धन गर्नु आजको आवश्यकता पनि हो, यहि चरीतार्थलाई सफल पार्नका लागि ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालले विभिन्न ठाँउमा आफ्नो अभियान नै चलाएको छ ।

ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल र ग्लोबल क्याफेको संयुक्त आयोजनामा ग्लोबल क्याफे धुम्वाराहीमा आज देखि फुड फेस्टिवल भइरहेको छ ।

रैथाने फुड फेस्टिवल कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले यस्ता अभियानमा सबै लाग्नुपर्ने,नँया पुस्तालाई यस्ता कुरा सिकाउनुपर्ने, हाम्रा रैथाने खानाहरुलाई प्रवद्र्धन गर्न विधालयस्तरबाट नै यस्ता जानकारीहरु र सन्देश प्रवाह गर्नुपर्ने कुरा सुझाए, साथै दाहालले नेपालको कृषि पर्यटनलाई प्रवद्र्धन गर्न हाम्रा मौलिक खानाहरु, हाम्रा रितीरीवाज र संस्कारहरु समेत कोशेढुङगाको रुपमा रहने बताए ।

ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालका सचिव रमेश भण्डारीले कोभिडको कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई भोजन पर्यटन मार्फत पुनःस्थापना गर्नका लागि स्वदेशमा उत्पादित सामग्रीको प्रवद्र्धन गर्ने नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले ग्यास्ट्रोनोमि फेस्टिवल आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा विभिन्न क्षेत्रबाट सामाजिक स्तरमा काम गरेका सामाजिक अभियन्ता तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु