दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पुनर्एकीकरण योजना सरकारको प्राथमिकतामा- मन्त्री श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १० गते, शुक्रबार २१:०८

१० मंसिर, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल-कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरुसँग छलफल गर्नुभएको छ । शुक्रबार काठमाडौंमा भएको छलफलमा मन्त्रालयका अधिकारीहरुका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरुको सहभागिता थियो । कार्यक्रममा वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको हितबारे छलफल भयो । कार्यक्रममा मन्त्री श्रेष्ठले विदेशमा श्रम गरेर फर्किसकेपछि त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनर्एकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । वैदेशिक रोजगार व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार सम्वन्धी कानुनको कडाइका साथ कार्यन्वयन गरिने बताउनुभयो । उहाँले भिजिट भिषामा नेपालीलाई विदेश पठाउन सहयोग गर्ने म्यानपावर कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिनुभयो । कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई आएको अवसर गुम्न नदिने उहाँले बताउनुभयो । वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ती उत्पादनका लागि तालिम केन्द्रको बिकेन्द्रिकरण, कतार भिसा सेन्टर सम्बन्धी कार्यको व्यवस्थापन, विभिन्न समस्या, मृत्यु, घाइते, अंगभंग भएर पीडित हुनेहरुलाई न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने र उद्धारका लागि संयन्त्र स्थापनाका बिषयमा सरोकारबालाहरुले ध्यानाकर्षण गराउनुभएको थियो । हाल कतारमा साढे तीन लाख भन्दा धेरै नेपाली कामदार रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु