दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नरेन्द्र र मनीष उत्कृष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर ११ गते, शनिबार १८:३२

काठमाडौं, मंसिर ११ गते ।
धनगढीका नरेन्द्र मौनी र सिन्धुपाल्चेककी मनीषा दनुवार दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नरेन्द्र तथा महिलामा मनीषा उत्कृष्ट बनेका हुन् ।
धापासीस्थित श्रीसमाज भवनमा भएको प्रतियोगिताको पुरुष ३०.५–३५ केजीमा सिन्धुपाल्चोकका नवीन दुवारले स्वर्ण, सर्लाहीका समित विकले रजत तथा सर्लाहीका कृष्ण पण्डितले कांस्य जिते । ३० केजीमुनि केन्द्रका सलिन थापा, ६५ केजीमा केन्द्रका अनिश दाहाल, ४०.५–४५ केजीमा धनगढीका नितेश कठायत, ५०.५– ५५ केजीमा एपीएफका सञ्जय राई, ५५.५–६० केजीमा सिन्धुपाल्चोकका अल्ताप दनुवार, ६०.५–६५ केजीमा एपीएफका रोहित चुनारा तथा ३५.५–४० केजीमा केन्द्रका अंकित श्रेष्ठले पहिलो स्थान हात पारे ।
टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिलाको ४५.५ केजीमाथि सर्लाहीकी बन्दना बरालले सर्लाहीकै चाँद यादवलाई फाइनलमा पराजित गर्दै पहिलो भइन् । नुवाकोटकी पद्मा तामाङ तेश्रो भइन् । महिला ४५ केजीमुनि एपीएफकी दीपा शाहीले स्वर्ण जितिन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
तीनदिने प्रतियोगितामा विभिन्न ११ स्पर्धामा १ सय ५० खेलाडीले सहभागिता जनाएको आयोजक संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव शिव थापाले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु