
–शिव अधिकारी
म मात्रै भन्छ मान्छेले हामी भन्न सधै चुक्यो
हामी भन्न सके हुन्थ्यो भन्ने त्यो श्रोत नै सुक्यो
सबै लागी गरे काम बन्दथ्यो देश सुन्दर
काममा सब लागेमा जमिन बन्छ उर्वर ।। १ ।।
घमण्ड छ छताछुल्ल यो हो विनासको चुली
ध्वस्त पारौ सबैै लागौ मै हु भन्ने कुरा भुली
देश यो मात्र होईन विश्व संकटमा पुग्यो
श्रोत संजाल शान्तिको एक्कासी किन हो सुक्यो ।। २ ।।
हिमाल पग्लदै झर्छ धर्म हो पग्लिनु पनि
यदी बढारिदै झर्दा चट्टानले धरा उनि
उजाड हुन्छ यो बस्ती तातिएकै छ यो धरा
होईन आउ ए मान्छे खोश्रौ आफ्नै गरा गरा ।। ३ ।।
फल्छ संञ्जिवनि हाम्रो धर्तिको गर्भ गृहको
सुवर्ण वैरिने गर्छ सम्पन्न हौ न ज्ञानको
आकाशै छुन्छु झै गर्छ हिमाल हेर अग्लिदै
पहाड रंगिने गर्छ गम्किन्छ धर्ति रंगिदै ।। ४ ।।
डाँफे मुनालको आफ्नै स्वर गुञ्जिन्छ माधुरी
घमण्ड युगको लागि बन्छ त्यो नै कुरी कुरी
हो सबैले भनौ हामी म भन्ने जड मूर्खता
छाडेर काममा लागे देश बन्छ कता कता ।। ५ ।।


