दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मान्छे

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १६ गते, बिहीबार ८:२०

–शिव अधिकारी
मान्छे त्यो प्राणी हो सारा जीवको अगूवा पनि
गर्नु पर्ने थियो काम सबैको लागि हो भनि
विर्सिए छ की मान्छेले आफ्नु ताकत के कति
सानो स्वार्थ लिई आफै बन्न आतुर भो अति ।। १ ।।

यै हो कारण मान्छे कै बुद्धि विवेक खुईलियो
उजाड होस बरु धर्ति भन्दै आवास फैलियो
मान्छेले बुझ्न के सक्थ्यो माटो जोगाउने कुरा
बस्तिले फाँट ढाकेर आनन्द लिन्छ त्यो पुुरा ।। २ ।।

फाँट जोगाउनु पथ्र्यो बन कुञ्ज जोगाउदै
खोला खोल्सीहरु सारा सधै सफा बनाउँदै
पानीको श्रोत आज नै सुक्दा सुन्दर यो धरा
बद्लियो मरुभूमिमा बाझा छन ति गरा गरा ।। ३ ।।

चरा चुरुङ्गिको गुँड भत्काएर मजा लिदै
मृग हरिणको छाला काडेर धाक लाउदै
बाघ गैडा र हातीको खेलौना नै भयो यहाँ
यसैले ताप बड्दैछ ओमिक्रोम छि¥यो जहाँ ।। ४ ।।

यो संकट हटाउन आउँ काम गरौ नयाँ
आश्चर्य केही नै छैन संरक्षण गरौँ बियाँ
प्रकृति नै छ सम्पत्ति संसारै यो बदल्नु छ
संरक्षण गरौँ धर्ति प्राणीको हित गर्नु छ ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु