दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

शिवपुरीको कुम्भेश्वर मा. वि मा कक्षा ११ र १२ सञ्चालन सहयोगार्थ धार्मिक महोत्सव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १६ गते, बिहीबार ८:२४

प्रवीण थपलिया। शिवपुरी ,नुवाकोट

शिवपुरीको कुम्भेश्वर माध्यमिक विद्यालयमा धार्मिक तथा शैक्षिक महोत्सव गर्ने विषयमा छलफल सुरु गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार विकास तथा कक्षा ११ र १२ सञ्चालनका लागि सहयोगार्थ महोत्सव गर्ने लागेको छलफल कार्यक्रममा जानकारी दिइयो ।

हाल दश कक्षा सम्म संचालन भइरहेको उक्त विद्यालयको आफ्नै आर्थिक श्रोत नरहेको र विद्यालय क्षेत्रका अभिभावकहरुबाट आर्थिक सहयोग संकलनले मात्र माथिल्लो कक्षा संचालन गर्न नसकिने देखिएपछि धार्मिक महोत्सव गर्ने विषयमा छलफल गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम लामाले जानकारी दिनुभयो ।

विद्यालयमा वुधवार आयोजित कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथी एवं राष्ट्र शान्तिका लागि शैक्षिक अभियानका अभियान्ता ईश्वर शरण महाराजा ज्युले सबै को साथ र सहयोग भएमा अभियान सफल हुने दाबी गर्नुभयो। देशका बिभिन्न स्थानमा आफुहरुले शैक्षिक अभियान सुरु गरिरहेको र अभियान सफल हुदै गइरहेको दाबी समेत गर्ने भयो।

कार्यक्रमका विशेष अतिथी एवं शिवपुरी सातका वडा अध्यक्ष माधवप्रसाद भेटुवालले यस अभियानमा वडा कार्यालयको तर्फबाट आफु ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।

विद्यालयको पूर्व शिक्षक एवं युवा व्यवसायी नवराज थापाले पत्रकार ले अस्पताल बनाइ दिने पर्ने कलाकार ले रंगशाला वनाइ दिनुपर्ने अनि धार्मिक गुरुहरुले विद्यालय वनाउन अभियान सञ्चालन गर्नु पर्ने विडम्बना रहेको भन्दै सरकार प्रति नै व्यङ्ग्य गर्नु भयो। अव विद्यालयले विदेशमा दास वन्न जानुपर्ने जनशक्ति हैन आफ्नै भुमिमा केही गर्ने सक्ने खालको जनशक्ति उत्पादन गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

शिक्षक अभिभावक संघको अध्यक्ष सुवास उप्रेतीले अहिले विद्यालय संग माथिल्लो कक्षा संचालन गर्न थप विद्यालय भवन लगायत भौतिक पूर्वाधार विकास गर्न पर्ने देखिएकोले, माथिल्लो कक्षा संचालन गर्न ठुलै रकम आवश्यक पर्ने भएकोले महायज्ञबाट रकम उठाउन सबैले लागि परे मात्र सफल हुने धारणा राख्नुभयो।

त्यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधव ठकुरीले स्थानीय सरकारबाट प्राप्त हुने रकमले मात्र थप कक्षा संचालन गर्न तत्काल सम्भावना नदेखिएकोले
विद्यालयको भौतिक पूर्वाधार विकास तथा कक्षा ११ र १२ सञ्चालनका लागि धार्मिक महायज्ञ महत्वपुर्ण सावित हुने ठानेर सरोकारवाला व्यति संग छलफल अगाडि बढाइएको धारणा राख्नुभयो ।

विद्यालयको भौतिक पूर्वाधार विकास तथा
कक्षा ११ र १२ सञ्चालनका लागि आर्थिक सहयोग उठाउने विषयमा आयोजित उक्त कार्यक्रममा विद्यालयका लामो समय कार्यरत वरिष्ठ शिक्षक चन्द्र राज सेढाई ले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै विद्यालयले विगतका दिन भोगेका आरोह अवरोहको कथा स्मरण गराउँदै अभियानको सफलताको शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रममा सुनखानी स्वास्थ्य चौकीका स्वास्थ्य कर्मी दोय बद्रि मैनाली र देवकी थपलिया तथा छिमेकी विद्यालयका शिक्षक महेन्द्र पाण्डे ले अभियान को सफलताको कामना गर्नु भयो।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,विद्यालय क्षेत्रका अभिभावक ,शिक्षक छिमेकी विद्यालयका शिक्षक, जनप्रतिनिधिहरु राज्नैतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमा उपस्थित सरोकारवाला व्यतिहरुले अभियान्ता ईश्वरशरण महाराजा संग अभिनय वारे प्रतिप्रश्न गरि जिज्ञासा राखेका थिए।

विद्यालयको शैक्षिक तथा भौतिक सुधारका रुपमा आयोजना गरिन लागेको उक्त धार्मिक महोत्सव सरोकारवाला सबै संग छलफल गरि स्थान र समय भने पछि निर्धारण गरिने विद्यालय जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु