दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व निर्वाचन प्रक्रियाबाटै चयन हुने दिशामा अघि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १७ गते, शुक्रबार ८:४५

काठमाडौं, मंसिर १७। राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व निर्वाचन प्रक्रियाबाटै चयन हुने दिशामा अघि बढेको छ । बुधबार सुरु राप्रपाको महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न शीर्ष तहबाट गरिएको प्रयास असफल भएपछि मतदान प्रक्रियाबाटै नेतृत्व चयन हुने भएको हो ।

केन्द्रीय नेतृत्व चुन्न काठमाडौंमा जारी महाधिवेशनको प्रक्रियामा अध्यक्षका दुई उम्मेदवार कमल थापा र नेता राजेन्द्र लिङ्देन प्यानसहित मैदानमा उत्रिएका छन् । दुवै समूहले बिहीबार आ–आफ्नोतर्फबाट प्यानल घोषणा गरेका हुन् । थापाले आफ्नो समूहबाट ८ पदाधिकारी र १ सय ४९ सदस्यीय केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लगाएका हुन् ।

थापा समूहबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान उम्मेदवार बन्ने तय भएको हो । थापाले महिला उपाध्यक्षमा रोशन कार्कीलाई उम्मेदवार बनाएका छन् । यस्तै, तीन सदस्यीय महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीले थापाले छानेका छन् ।

यसैगरी, लिङ्देनले पनि उपाध्यक्षमा विक्रम पाण्डेलाई राखेका छन् । उनी दुवै समूहबाट साझा उम्मेदवार बनेका छन् । यसैगरी, अन्य उपाध्यक्षमा यो समूहबाट दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी, लिङ्देनको प्यानलबाट महामन्त्रीमा डा धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार भएका छन् ।

राप्रपाको महाधिवेशनबाट अनुमोदन भएको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । यस्तै, जारी महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ । राप्रपा विधानमा ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिने गरी विधान संशोधन गरिएको हो ।

राप्रपा नेता मोहन श्रेष्ठका अनुसार यसअघि अध्यक्ष चुन्न मात्रै मतदान हुने गरेकामा यसपटकबाट भने अध्यक्षसहित तीन उपाध्यक्ष र तीन जना महामन्त्रीसहित १ सय ४९ जना चुन्नका लागि निर्वाचन हुन लागेको हो ।

राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ । राजधानी दैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु