दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सदस्य–सचिव र बंगलादेश प्रतिनिधिबीच भेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १९ गते, आईतवार १९:४०

काठमाडौ ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले युथ एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन काठमाडौं आएका बंगलादेश एथलेटिक्स टोलीका प्रतिनिधिसंग आइतबार भेट गरेका छन् ।
सदस्य–सचिव घिसिङले बंगलादेश क्रिरा शिख्खा प्रोतिष्ठानका ट्रेनिङ डाइरेक्टर कर्णेल मोहम्मद मिजानुर रहमान र बंगलादेश इन्स्टिच्युट अफ स्पोर्ट्सकी लेक्चरर फर्हाना बेन्टी बरीलगायत तीन सदस्यीय टोलीसंग त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भेट गरेका हुन् ।
भेटका अवसरमा सदस्य–सचिव घिसिङले च्याम्पियनसिपमा सहभागी हुन नेपाल आएकोमा धन्यवाद दिदै स्वागत गरे । बंगलादेश टोलीले सदस्य–सचिव बंगलादेश एथलेटिक्सका बारेमा संक्षिप्त जानकारी गराउदै सदस्य–सचिव घिसिङलाई बंगलादेश भ्रमणका लागि आग्रह गरे । दुई पक्षबीच मायाको चिनो पनि आदान–प्रदान गरिएको थियो ।
एथलेटिक्स परिवार, नेपालको आयोजनामा सोमबारदेखि च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ । च्याम्पियनसिपमा बंगलोदशबाट समान ४–४ पुरुष÷महिला गरी ८ खेलाडी सहभागी हुँदै छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु