दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

के स्वार्थले कांग्रेसको केन्द्रीय सदस्य बन्न खोज्दैछन् शाही ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २१ गते, मंगलवार १८:३०

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले पार्टीको आगामी महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने भएका छन् ।
रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू सुदूरपश्चिम प्रदेशबाट उम्मेदवार बन्न लागेको जानकारी दिए । डोटीबाट महाधिवेशन प्रतिनिधिमा अत्याधिक मत ल्याएर जितेका उनले पार्टीमा युवाको खाँचो रहेको बताए । पार्टीको केन्द्रीय समितिमा युवाहरुको सहभागिता भए पार्टी मजबुत हुने उनको तर्क छ । झन्डै ३० बर्ष अघिदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका उनी नेपाल विद्यार्थी सघंका निवर्तमान केन्द्रीय उपाध्यक्ष पनि हुन् । उनले पार्टीको विभिन्न पदमा रही काम गरिसकेका छन् । राजनीतिसँगै समाजसेवामा पनि सक्रिय उनले सुदूरपश्चिम प्रदेशको सभापतिमा उठ्ने घोषणा गरेका थिए । नेपाली कांग्रेसको यो महाधिवेशन यही बिहीबारदेखि शनिबारसम्म काठमाडौँमा हुँदै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु