दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मानव अधिकार दिवसको अवसरमा कार्यशाला सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २४ गते, शुक्रबार १९:४५


भक्तपुर, मंसिर २४ गते

७३औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवश-२०२१ काे अवसरमा मानव अधिकार संचार प्रतिष्ठान नेपालकाे आयाेजनामा र चाँगुनारायण नगरपालिका भक्तपुरकाे समन्वयमा नगरपालिकाकाे जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज संघ संस्थाका प्रतिनिधिहरु सहितकाे सहभागितामा मानव अधिकार राष्ट्रिय कार्ययोजना र स्थानीय तहमा यसकाे कार्यान्वयन सम्बन्धि कार्यशाला कार्यक्रम सम्पन्न भयाे ।
कार्यशालामा मानव अधिका राष्ट्रिय कार्ययोजनाकाे बारेमा छलफल गरि यसकाे आवश्यकता र ओचित्य स्थानीय तहमा कसरी कार्यान्वयन गर्न सकिन्छ र मानव अधिकारका मुलभुत सिद्धान्तहरुलाई लागू गर्न स्थानीय तहले कसरी याेजना बनाउँनु पर्छ भन्ने विषयमा रहेर मानवअधिकारकर्मी मीना शर्माले प्रस्तुतिकरण गर्नु भएकाे थियाे । प्रस्तुतिकरण प्रश्चात नागरिक समाज संघ संस्थाहरुकाे तर्फबाट विचार राख्दै सहभागीले स्थानीय तहबाट नै मानव अधिकारका मुलभुत पक्षहरुलाई कार्यान्वयन गर्न स्थानीय तहले नागरिक समाज र संघ संस्थाहरु सँगकाे समन्वयमा ठाेस कार्ययाेजना तयार पारि लाग्नु गर्नु पर्ने कुरामा जाेड दिदैं मानव अधिकार उल्लंघनमा शून्य सहनशीलता अपनाउनु पर्ने विचारहरु व्यक्त भएका थिए ।

कार्यक्रममा सभाध्यक्ष समेत रहनु भएका नगर प्रमुख साेम प्रसाद मिश्रले मानव अधिकार दिवशकाे शुभकामना व्यक्त गर्दै मानव अधिकार सुनिश्चित गर्न नगरपालिकाले कुनै कसुर बाँकी नराख्ने र नागरिक समाज संघ संस्थाहरु सँग सदैव हातेमालो गरेर अगाडि बढ्न नगरपालिका तयार रहेकाे र नगरपालिका बाट हुने सार्वजनिक सेवा प्रवाहकाे क्रममा हुन सक्ने कमि कमजोरीहरु अाैंलाई दिएर अावश्यक राय सुझाव सल्लाहहरु दिन समेत नागरिक समाजलाई अनुरोध गर्दै मानव अधिकार राष्ट्रिय कार्ययाेजना स्थानीय तहमा यसकाे कार्यान्वयन गर्न ठाेस कार्ययोजना तयार पार्न नगरपालिका बाट विधायन समितिका सदस्य सपना तामाङ्काे संयाेजकत्वमा ५ सदस्यीय सरुना परियार विधायन समिति आशा माझी नगरपालिका कर्मचारी, रामभक्त सुवाल भक्तपुर बार र पहलमान श्रेष्ठ गैसस भक्तपुर बाट प्रतिनिधित्व रहने गरि कार्यदल समेत गठ्न भएकाे थियाे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु