
–शिव अधिकारी
साच्चै मै पनि मुस्कुराउँछु भने संसार हासि रहोस
मैले जे जति तृप्ति पाउँछु भने संसार भर त्यो पुगोस
लाएको कपडा छ सुन्दर म मा सारा बनुन सुन्दर
यौटै मात्र टिमिक्क रंगिन हुँदा शोभा कहा हुन्छर ।। १ ।।
यौटै रंग र मस्तिमा सब हिडुन पोसाक लाई सदै
खाउन नौ रस अमृतादि युगको पीडा सबैको धुदै
माटो यो रसिलो छ कुँध्छ महिमा संसार ढाक्ने गरि
जस्तै खन्नु र खोश्रनु जति गरुन बर्षन्छ फाँटै भरि ।। २ ।।
टिप्तै खानु छ तृप्तीको लहरमा साझा बनुन ती सबै
यौटा खान्छ अरु टुलु टुलु हुने त्यस्तो नहोस है कबै
सारा जिव हसाउने रहरले क्यै गर्न लागौ अब
के गर्नु ती सबै रहन्न नी सधै त्यागेर जालान् सब ।। ३ ।।
राजा हुन महाराज हुन चुरी फुरी लागेन तिन्को बरा
जे जस्तो शुख शैल भा पनि यहाँ टिकेन तिन्को जरा
साशनमा बनि मस्त त्रस्त दुनिया हेरेर खुशी हुने
तिन्को पौरख के थियो र विचर के ले धनि ति बने ।। ४ ।।
यस्तो बुझ्न सकिन्छ मानिस हुने बाटो बनायौ भने
शान्तिको बन पारखी गुटुटुटु कुद्दै धरा धाउने
कोही हुन्न गरिब पौरख गरे मै मात्र क्यै होईन
संसारै अब बन्नु पर्छ हिड लौ यो विश्व विँउझाउन ।। ५ ।।


