दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम प्रदेशमा फिजियोथेरापी अस्पताल सञ्चालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २७ गते, सोमबार १४:००

कैलाली, २७ मंसिर २०७८

धनगढीको हसनपुरमा फिजियोथेरापिष्ट, न्युरोसर्जन, अर्थोपेडिक्स सर्जन र स्पिच थेरापिष्टहरुको टोलीको संलग्नतामा पहिलो फिजियोथेरापी पुनर्स्थापना केन्द्र संचालन भएको छ।

सामाजिक विकास मंन्त्री माननीय श्री लाल बहादुर खड्का ज्युको प्रमुख आतिथ्त्वयमा उद्घाटन गरिएको समारोहमा विशिष्ट अतिथिमा धनगढीका जिल्ला न्यायाधीश श्रीमान जयानन्द पनेरु हुनुहुन्थ्यो ।

कार्यक्रममा अतिथीको रुपमा आउनु भएका तथा स्वयम प्यारालाईसिस भई पुनर्स्थापना सेवा लिईराख्नु भएका भुपु जनसंख्या तथा वातावरण साहयक मंत्री लाल बहादुर विश्वकर्म ज्युले अब सुदुर पस्चिममा फिजियोथेरापी कलेज खोल्नु पर्ने बताउनुभयो ।

काठमाडौंमा रहेको अर्थोप्लास्ट
रिह्याब सेन्टरको मापदण्ड अनुरुप निर्माण गरिएको यस पुनर्स्थापना केन्द्रमा हालका लागि १५ जना भर्ना गर्ने बिरामी साथै ५० जना सम्म ओपिडीका विरामी हेर्न सक्ने क्षमता भएको यस संस्थाका अध्यक्ष तथा न्यूरो सर्जन डा. सुरेस सापकोटाले बताउनुभयो।

सुदूरपश्चिम तथा वरिपरिका धेरै जना बिरामीहरु पुनर्स्थापना सेवा लिन काठमाडौँ जानुपरेको र पछिल्लो समय यस्तो सेवा लिने बिरामीहरूको चाप बढेसँगै सुदूरपश्चिमै यस्तो केन्द्र खोल्नुपर्ने अवधारणा आएको केन्द्रका प्रोग्राम डाइरेक्टर समिद कतिला श्रेष्ठले बताउनुभयो ।

प्रमुख अतिथि माननीय मन्त्री लालबहादुर खड्काले सुदूर पश्चिममा यो सेवा सुचारु भएकोमा सम्पूर्ण टिमलाई शुभकामना दिँदै आगामी आउने दिनहरुमा प्रदेशस्तरका सम्पूर्ण पुनर्स्थापनाका कामहरुमा साथ र सहयोग दिने बताउनु भयो । विशिष्ट अतिथी श्रीमान जयानन्द पनेरुले यस्तो केन्द्रहरु सबैलाई चाहीने र देशको सबै ठाउमाहुनु पर्ने बताउनु भयो ।

बालबालिकाहरू देखि वृद्धा-वृद्धि सबै उमेर वर्गका विरामीहरुलाई उपचार हुने यस संस्थामा प्यारालाइसिस ,दुर्घटना भई चोटपटक लागेका, अङ्गभङ्ग भएका, हाडजोर्नी, नसा सम्बन्धी सम्पूर्ण समस्याभएकाहरुको उपचार हुने साथै पुनर्स्थापना अन्य सेवाहरु पनि उपलब्ध हुनेछ।

करिब दुई करोडको लगानीमा खोलिएको यस केन्द्रले सबै सर्वसाधारणहरु लाई समेटने गरी न्यूनतम मूल्य सूची तयार गरेको जनाउँदै अपाङ्गता परिचयपत्र भएका बिरामी र वडाबाट सिफारीस भई आऊने विपन्न वर्गका विरामीहरुलाई विशेस छुट दिने साथै विशेस परिस्तिथीमा महिनामा दुई जनासम्म अति-विपन्न वर्गका विरामीलाई निःशुल्क उपचार गर्ने पनि जानकारी गराउनुभयो |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु