दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्वभर ओमिक्रोन कोरोना भाइरस द्रुत गतिमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २९ गते, बुधबार १४:०१

काठमाडौं, २९ मंसिर । विश्वभर ओमिक्रोन कोरोना भाइरस द्रुत गतिमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले उच्च दरमा भाइरस फैलिएको भन्दै खतरा औल्याएको छ ।
अहिलेसम्म विश्वका ७७ देशमा भाइरस फैलिएको छ । यो भाइरस फैलन नदिने विशेष सतर्कता अपनाइएको डब्लुएचओले जनाएको छ ।

अफ्रिकाबाट भेटिएको भनिएको यो भाइरस यूरोप, एशियालगायत सबै महादेशमा देखा परेको छ । तर, अनुसन्धानबाट अहिलेको कोरोनाविरुद्धको खोपले पनि यसको रोकथाममा प्रभावकारी भूमिका खेल्ने पत्ता लागेको छ ।

यसैगरी, अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ लाख पुगेको छ । चीसो बढेसँगै अमेरिका र यूरोपमा भाइरसको संक्रमण भएमा खतरा झन् बढ्ने भन्दै सतर्कता अपनाउन भनिएको छ ।

विश्वभर कोरोनाविरुद्धको खोपमा विशेष ध्यान दिइएको छ । चीनमा ८० प्रतिशत, जापानमा ७८ प्रतिशत, अमेरिकामा ६० प्रतिशत, ब्राजिलमा ६५ प्रतिशत, भारतमा ३७ प्रतिशतले भ्याक्सिन लगाइसकेको तथ्यांक छ । विश्वको ४६ प्रतिशत जनसंख्याले कोरोना भाइरसविरुद्धको खोप लगाएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु