
–शिव अधिकारी
पाखा पर्वत खोज फाँट सब छन के गर्छ मान्छे अब
त्यस्ता संपति छन अमुक सहजै मान्छेहरु कै सब
मान्छे जान्दछ बाल्न वत्ति सहजै पानी कुँदेरै पनि
यस्कै पौरखमा रकेट उडिगो ब्रह्माण्ड जित्छु भनि ।। १ ।।
बन्छन यान्त्रिकता अनेक सहजै आश्चर्यको चालमा
शक्तिशाली बनेर मानिस यसै चल्दैछ संसारमा
मान्छे खान्छ र लाउने जति कुरा उस्तै सबै ठाउँमा
धर्ति टम्म छ सान मान सबको मानिसकै नाउमा ।। २ ।।
मान्छेले अब धर्ति छाडी युगको अर्को कुनै पिण्डमा
पुग्ने बस्ति बसाउने रहरले के के गर्यो धर्तिमा
जे जे गर्नु गरे पनि अझ यहाँ यौटै कुरा विर्सियो
आफ्नै पौरखको सुरम्य नमूना जे छन सबै कुल्चियो ।। ३ ।।
राजा मन्त्रि र सानमान सबको बड्दै गएता पनि
सारा मानिस एक हुन जीवनका मिलेर बस्छौ भनि
कैले भन्न सकेन आज दुनिया झञ्जट भरि अल्झियो
बल्झी युद्ध लडाई रोग गहिरो विध्वंस नै बल्झियो ।। ४ ।।
मान्छे जे जति सक्तथ्यो गरिरह्यो सम्बन्ध चै विग्रियो
कोही धनि गरिव छन जनहरु भन्ने कुरा विर्सियो
धनि शोख सयलमा रमिरने फालिन्छ क्वै पेटिमा
मान्छे एक भई समान शुखले बाचिरहुन धर्तिमा ।। ५ ।।


