दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चितवन उद्योग संघले पुस २ देखि ४ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको छैठौँ संस्करण आयोजना गर्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष १ गते, बिहीबार १६:२६

मंसिर २९,चितवन । चितवन उद्योग संघले पुस २ देखि ४ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको छैठौँ संस्करण आयोजना गर्दैछ ।

त्यसको सबै तयारी सकिएको चितवन उद्योग संघले जनाएको छ। कोरोना भाइरस संक्रमण जोखिमका कारण सिथिल बनेको उद्योग व्यवसायको प्रवद्र्वन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागेको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए।

राष्ट्रिय आविष्कार केन्द्रको विशेष स्टलसहित २०० स्टल रहने प्रदर्शनी सम्पन्न गर्न करिब दुई करोड २५ लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसपटकको प्रदर्शनी नाफाको लागि भन्दा पनि देशको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागेको उनको भनाइ छ। नाफाको लागिभन्दा पनि चितवनको हरेक क्षेत्रलाई चलायमान बनाउनुपर्छ भन्ने उद्देश्यले प्रदर्शनी गर्न लागेको उनले बताए । यसपटकको प्रदर्शनीबाट ५ देखि ७ लाख रूपैयाँ मात्रै बचत हुने देखिएको उनको भनाई छ ।

प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमी, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादक, आधुनिक औद्योगिक प्रविधिबारे जानकारी राख्न इच्छुक उद्योग तथा व्यवसायसँग सम्बन्धित व्यक्तिहरूले अवलोकन गर्न सक्ने छन् । भारतका विगतका वर्षहरूमा जस्तो युरोपियन मुलुकबाट आउन नसके पनि भारतबाट ५० वटा स्टल बुकिङ भइसकेको उनले जानकारि दिए ।

उद्यमीहरूलाई नयाँ प्रविधिबारे जानकारी गराउन र विश्व बजारका नवीनतम् प्रविधिको अनुशरणमार्फत औद्योगिक उत्पादकत्व वृद्धिसहित दिगो उद्यमशीलताका लागि उपयुक्त माध्यम बन्ने अध्यक्ष कँडेलले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु