दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

इक्वीलिटी फाउण्डेशनको गाउँ जाउँ अभियान सुरु, विदेशमा रहेका आइटी विज्ञले ज्ञान बाढ्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ४ गते, आईतवार १८:५८

काठमाडौं – नेपालका ३५० भन्दा बढी विद्यालयमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको इक्वीलिटी फाउण्डेशनले गाउँ जाउँ अभियान सुरु गरेको छ ।
झापाको सिंहदेवी माध्यामिक विद्यालयमा शनिबार उद्घाटन भएको उक्त अभियानले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्राविधिक शिक्षा दिने फाउण्डेशनका अध्यक्ष मेदिनी अधिकारीले जानकारी दिए ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रममा फाउण्डेशनले प्रदेशभर गरेको कामको कार्यप्रगति सुनाइएको थियो ।
प्रदेश १का ३५० भन्दा बढी विद्यालयमा कम्प्युटर, आइटी लगायतको प्राविधिक शिक्षा प्रदान गरिरहेको इक्विलिटीले अब अमेरिकामा रहेका आइटी विज्ञलाई नेपाल ल्याएर विद्यार्थी तथा शिक्षकलाई तालिम प्रदान गर्ने भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले फाउण्डेशनले प्रदेश १मा गरेको काम प्रशंसायोग्य भएको र अहिले सुरु गरिएको अभियान( नलेज ट्रान्सफर–गाउँ जाउँ)लाई सरकारले सक्दो साथ दिने बताए ।
इक्विलिटी फाउण्डेशनले गरेको कामको बारेमा आफूले बुझिरहेको र यो अभियानलाई प्रदेशभर लैजान सकिने उनको भनाइ छ ।
‘नेपालमा भइरहेको घोकन्ते विद्या धावन्ते खेतीको समय अब सकियो, नेपालका विद्यार्थीलाई अब प्रयोगात्मक शिक्षा दिनुपर्ने बेला भएको छ,’ उनले भने, ‘इक्विलिटी फाउण्डेशनले आइटी क्षेत्रमा गरिरहेको कार्य राम्रो छ, यसमा मेरो साथ र सहयोग हुनेछ ।’
त्यस्तै कार्यक्रममा प्रदेश १मा फाउण्डेशनले आइटी शिक्षा सञ्चालन गरेका विद्यालयका प्रधानाध्यापकहरूले नेपालमा प्राविधिक शिक्षा भित्राउन इक्विलिटीले राम्रो काम गरिरहेको बताए ।
त्यस्तै अमेरिकामा साइबर सेक्युरिटी पढिरहेकी कला न्यौपानेले इक्विलिटी फाउण्डेशनमार्फत नेपाल आएर आफ्नो ज्ञान बाढ्न पाउँदा खुसी लागेको बताइन् ।
फाउण्डेशनले सुरु गरेको ‘गाउँ जाउँ’ अभियानले विदेशमा रहेका प्राविधिक विज्ञ, आइटी इन्जिनियर लगायतलाई नेपाल ल्याइ उनीहरूको ज्ञान यहाँका विद्यार्थीलाई हस्तान्तरण गरिने अध्यक्ष अधिकारीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु