दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कामना सेवा फुटसल कपमा २४ टोली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ८ गते, बिहीबार २०:३९

काठमाडौं । पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका २४ टोलीको सहभागिता रहने भएको छ ।
आयोजक कामना सेवा विकास बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
कालोपुलस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने प्रतियोगिता शुक्रबार र शनिबार आयोजना हुनेछ ।
प्रतियोगितामा सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाउने छन् ।
“स्वस्थ्य शरीर स्वस्थ्य मस्तिष्क”भन्ने मर्मलाई आत्मसात गर्दै आयोजना हुन लागेको युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर जंग गहतराजले समुद्घाटन गर्ने छन् । यस्तै अखिल नेपाल फुटबल संघका अध्यक्ष श्री कर्मा छिरिङ शेर्पाज्यूबाट खेलको समापन गरिनेछ ।
प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र सञ्चालन खेलपाटीले गर्नेछ भने प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघ ९एन्फा०को फुटसल कमिटिको रहनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु