
पौष ९, काठमाडौं । आज सडक सहयोगापेक्षी मानवहरुको सेवामा संचालित मानव सेवा आश्रम रानीवन काठमाडौंमा रहेका करिव १ सय ५८ जना बृद्ध बृद्धाहरुलाई आज एक कार्यक्रमबिच विहानको भोजन सेवा उपलब्ध गराईको छ ।
स्वर्गीय स्वदेश सेढाईको २५ जन्म जयन्तिको उपलक्षमा उसको नाममा स्थापित संस्था स्वदेश फाउण्डेशन नेपालले आज सो भोजन सेवा उपलब्ध गराएको हो ।

सो कार्यक्रममा बोल्दै स्वदेश फाउण्डेशन नेपाललकी अध्यक्ष गंगा देवी उप्रेतीले आज आफनो छोरा भौतिक रुपमा आफुहरु माझ नरहे पनि आफुहरुले उसको नाममा आफुहरु सतकर्ममा लागि सहयोगापेक्षी मानवहरुलाई यो सानो सहयोग गर्न पाएको र आगामी दिनमा पनि यसखालको पुन्य कार्यमा लागि रहने बताउनु भयो ।

यसैगरी कार्यक्रममा आफनो सदभाव धारणा राख्दे स्वदेश फाउण्डेशन नेपालका सल्लाहकार तथा अष्ट्रेलियाको सिडनीस्थित एआर लाइफ इन्सुरेन्स एण्ड सोल्युसनका मुख्य सल्लाहकार महेश राज पन्तले स्वदेश सेढाई भाइ हामीसंग आज भौतिक रुपमा नरहे पनि उसको लिगेसीलाई स्वदेश फाउण्डेशनले जीवित राख्नु पर्नेमा जोड दिदें यो संस्थाले विदेश जाने युवा विद्यार्थीहरुमाझ त्यँहा दवाबमा पर्दा मानसिक रोगको समस्या र त्यँहा कस्तो खालको समस्या आउछ र त्यसलाई कसरी समाधान गर्ने बारे सचेतना गराउनु पर्ने बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै अष्ट्रेलियाकै सिडनीबाट आउनु भएका युवा सुचना विज्ञ अनन्त कार्कीले विदेश अध्ययन गर्न गएका विद्यार्थीहरुमा हुने मानसिक स्वास्थ्य समस्या बाट कसरी बाहिर निस्कन सकिन्छ भन्ने सचेतना कार्यक्रम यस फाउण्डेशनले गर्नु पर्ने बताउनु भयो ।

ऋष्ट्रेलियाको सिडनीस्थित युनिर्भसिटी अफ टेकनोलोजी सिडनीम कम्मप्युटर साइन्समा बीएससी अन्तिम वर्षमा अध्ययनरत रहेका स्वदेश सेढाईको अष्टे्रलियाको सिडनीमै ११ जुलाई २०१९ मा असामयिक निधन भएको थियो ।


