दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुरक्षित वैदेशिक रोजगार र श्रमिक महिला विषयक अन्तरक्रिया कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ९ गते, शुक्रबार २१:३६

९ पुष २०७८ शर्मिला विश्वकर्मा, काठमाण्डौं

अखिल नेपाल महिला सङ्घ, (अनेम) सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटिद्वारा ‘सुरक्षित वैदेशिक रोजगार र श्रमिक महिला’ विषयक अन्तरक्रिया काठमाण्डौंमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा सांसद एवं अनेम सङ्घका श्रम रोजगार विभाग प्रमुख विना श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन रोजगारीका गन्तव्य मुलुकलाई प्रतिवन्ध लगाएर होइन, व्यवस्थित नीति मार्फत व्यवस्थापन गर्न सके रोजगारीको अवसर बढ्ने बताउनु भयो ।उनले विश्व सानो गाउँमा परिणत भइसकेको अवस्था छ, सुचना र प्रविधिले विश्वलाई नजिक ल्याइरहेको सन्दर्भमा रोजगारीका लागि महिलाले विश्वभर जान पाउने अवसरको सुरक्षित ढोका खोल्नु पर्ने बताउनु भयो ।

त्यसै गरी सांसद विन्दा पाण्डेले हालका अवस्थामा वैदेशिक रोजगारीमा जानुलाई खुसी खोसिएका सुखी नेपालीका रूपमा इङ्गीत गर्दै खुसी नखोसिई कमाउने वातावरण बनाउन ठोस कदम चाल्न ढिला भइसकेको बताउनु भयो ।उहाँले नजिकिदै गरेको निर्वाचनको सन्दर्भमा वैदेशिक रोजगारीलाई महिलाको दृष्टिकोणले पनि सुरक्षित बनाउने मुद्दालाई एकिकृत ढङ्गले उठाउनु पर्छ भन्नु भयो ।

यसै क्रममा सांसद एवं अनेम सङ्घका सचिव सुजिता शाक्यले स्वतन्त्र ढङ्गले हिडडुल गर्नु, आर्थिक उपार्जन गरी घरपरिवार र आफुलाई सशक्तिकरण गर्न पाउने महिलाको हकलाई वैदेशिक रोजगारीको हकमा पनि लागु हुनुपर्ने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु