
–शिव अधिकारी
हज्जारौ शुभ पर्वछन हृदयको माला बने झै गरी
मान्छेलाई सिगार्न अमृत सरी पोखिन्छ माया मुरी
हाम्रै प्रेम र स्नेहको छ निलिमा आकाश जस्तै खुला
आशा देख्न छ आतुरी घर घरै बलिरहेका चुला ।। १ ।।
चुलो बल्न सकेन सामल कतै खोज्दा नमिल्यो भने
त्यस्तो जीवन मुस्किलै छ मनले सोच्दानी गारो हुने
बाटोमा लटरम्म छन सबकुरा मिल्कि रहेता पनि
भन्छन मानिस खान लाउन नभै बस्दैछ भोको बनि ।। २ ।।
त्यस्तो आखिर मानिसै हुन पुग्यो कोही धनि बेसरी
फाला फाल छ खान जे जति कुरा रछ्यानमा नै छरी
क्वै सोच्दैन गरिवको उदरमा केही परोस लौ भनि
त्यस्तो जिवन व्यर्थ हुन्छ सुकिलो लाएर हिड्दा पनि ।। ३ ।।
पुजा गर्न जता ततै मठ अनि मन्दिरमा धाउने
आशामा रही देवि देव सबले आशिष बर्षाउने
ढोकामा बसी हात थाप्दछ कुनै मेटाउ भोकै भनि
त्यस्तालाई सुधार्न ध्यान नगए धिक्कार तिम्रो जुनी ।। ४ ।।
आयो यो शुभ चार ल्होसर यहाँ हाम्रै खुला आँगन
नाचौ गाउँ रमाउ साथ संगमा सौन्दर्य शाली हुन
पोखियो प्रितिको मिठो लहरनै हिमालको काखमा
हाम्रो जीवन सार्थ होस शुभ घडि यो नै शुभो कामना ।। ५ ।।


