दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बुढानिलकण्ठमा पन्ध्र करोड लगानीमा ‘रोयल भिल्ला रिसोर्ट’ सञ्चालन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष १६ गते, शुक्रबार १०:१५

काठमाडौँ, १६ पुस । काठमाडौँको बुढानिलकण्ठमा रु १५ करोड लगानीमा‘रोयल भिल्ला रिसोर्ट’ सञ्चालनमा आएको छ ।

डेढ दशक अमेरिकामा बसेर पाँच वर्ष पहिले नेपाल फर्कनुभएका म्याग्दीका युवा उद्यमी पुष्कल मल्लले व्यक्तिगत लगानीमा एसएस हस्पिटालिटी सोलुसनको व्यवस्थापनमा बुढानिलकण्ठ नगरपालिका वडा नं ५ डाँडागाउँमा उक्त रिसोर्ट भर्खरै सञ्चालनमा ल्याउनुभएको हो ।

“होटल व्यवसायमार्फत आन्तरिक एवम् बाह्य पर्यटक प्रवद्र्धन गर्ने उदेश्यका साथ पाँच वर्ष पहिले नेपाल आएर जग्गा खरीद गरेर रिसोर्ट निर्माणको कामलाई अगाडि बढाएको हुँ,”– उहाँ भन्नुहुन्छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोनाका कारण दुईपटक बन्दाबन्दी भएपनि बन्दाबन्दीकै समयमा चार वर्ष लगाएर उक्त रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक मल्ल बताउनुहुन्छ ।

सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टमा रुपटप रेष्टुरेन्ट एण्ड बार, कार्यक्रम हल, नेपाली टिपीकल घर (भिल्ला घर) रहेको छ । उक्त रिसोर्टमा डिलक्स, गुप्र र भिला गरी १२ कोठा रहेको छ । रिसोर्टमा एक रातमा ४० देखि ५० जना पाहुनालाई सुताउन सकिने सञ्चालक मल्ल बताउनुहुन्छ ।

यस्तै, रिसोर्टबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्यावलोकनसमेत गर्न सकिन्छ । उक्त रिसोर्टबाट काठमाडौँबाहेक ललितपुर र भक्तपुरका क्षेत्रसमेत देख्न सकिन्छ । काठमाडौँको चक्रपथदेखि १२ किलोमिटर दुरीमा रहेको उक्त रिसोर्ट बुढानिलकण्ठ मन्दिरबाट शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै जान सकिन्छ ।

रिसोर्टका अध्यक्ष सुस्मा मल्ल रिसोर्टभित्र पिकनिक स्पोट्र्स र चिल्ड्रेन पार्कसमेत निर्माण गर्न लागेको बताउनुहुन्छ । भर्खरै सञ्चालनमा आएको उक्त रिसोर्टमा विस्तारै स्वीमिङ पुलसमेत निर्माण गर्ने योजना रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु