
–शिव अधिकारी
के के मात्र छ धर्ति गर्भ गृहमा कस्ले सबै बुझ्छर
भन्छन मानिस मै हुँ छु म गतिलो अर्को कहा हुन्छर
त्यस्तै मात्र घमण्डका क्रुर कथा बन्दै गए जे जती
यस्ता दुष्ट कुरा सुरक्षित गरि राखिन्छ होला कति ।। १ ।।
मार्नु काट् हुँदैन जीवन सबै एकै नहो प्राणीको
काटी खान्छ मिठो बनाई भुटुवा संस्कार के धर्मको
प्राणीमा पनि मांस भक्ष जति छन तिन्को कुरा के करौँ
कस्तो संस्कृतिले सधै सुशिलता पोखेर धर्ति भरौँ ।। २ ।।
वित्छन दिन र बर्ष बर्ष युगका को छेक्न यो सक्छर
छेकीयो यदि झट्ट क्यै गरि भने ब्रह्वाण्ड के चल्छर
बाटो हो जीवको गति दिन त्यसै जानु कहा के गरि
संसारै ढकमक्क हुन्छ फुलले लाएर माला सरी ।। ३ ।।
यो मायामय धर्तिको लहरमा मानिसको चेतले
शान्ति क्षेत्र सुरम्यता झिलिमिली ढाकेर सौन्दर्यले
धर्ति स्वच्छ सुवाश युक्त सबको हुन्थ्यो भने सिर्जना
सारा मानीस प्राणीको सहजनै मेटेर त्यो तिर्सना ।। ४ ।।
जागौँ राष्ट्रिय पुञ्ज मन्द लहरी बास्ना छरि विश्वमा
हो सौन्दर्य जता ततै छरिवरि होला यिनै फाँटमा
आशाको छ दियो सधै अटल यो बालौ सबैका घर
नयाँ बर्ष नयाँ बनोस प्रगतिको संसारमा सुन्दर ।। ५ ।।


