दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक प्रबेश राईको ‘अनलाईन’ सार्वजनिक ( भिडियो )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष १८ गते, आईतवार १२:४९

काठमाण्डौ – युवापुस्ताले सामाजिक संजाल मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक ‘अनलाईन’ भएको छ। यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रबेश राईको रहेको छ।

गीतमा शब्द संगीत समेत गायक राईको नै रहेको छ। गीतलाई जीआर उप्रेतीले संगीत संयोजन गरेका हुन्। अनलाईनमा भएकी प्रेमिकाले नबोल्दा प्रेमीको मनमा आएको छटपटी र दुखेसोलाई भिडियोलाई देखाइएको छ। अमेरिकामा नै छायाँकन भएको भिडियोलाई भिम लामिछानेले छायाँकन गरेका हुन् भने राजेश शाहले सम्पादन गरेका हुन्।

म्युजिक भिडियोमा गायक प्रबेश राई, श्रीजना भुजेल र बादल मगरको अभिनय रहेको छ। प्रबेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो। आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन गायक राईले सबैलाई आग्रह गरेका छन्।

भिडियो लिंक:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु