
काठमाडौं। आरोहि प्रकाशराज पाण्डे वालवालिकाको क्षेत्रमा केहि गरौँ भन्ने उद्येश्यकासाथ किवानिज पाटनको अध्यक्ष भएका छन् । यस अघि उनले आमादव्लम,मनासलु र सगरमाथाका साथै विभिन्न ६वटा हिमाल सफलतापूर्वक आरोहण गरि सकेका छन् ।
कार्यक्रममा उनले किवानिज इण्टरनेशनल वालवालिकाको क्षेत्रमा कामगर्ने संस्था भएको र आफ्नो पनि रुचि भएकोले किवानिजमा आवद्ध भएको वताए । आरोहणको क्रममा हिमालि क्षेत्रका अभिभावकको आयश्रोतको कमिले गर्दा वालवालिकाको लागि शैक्षिक सामाग्रि जुटाउन नसक्ने अवस्था देखेकाले यस्ता वाल वालिकाकोलागि किवानिज मार्फत केहि गर्ने उद्येश्य रहेको वताए ।
कार्यक्रममा भि.एस निकेतनकी प्रिन्सपल संगिता श्रे्ष्टले वालवालिका देशका देशका कर्णाधार भएकाले यिनको सेवा गर्नुनै देश सेवा हो भन्दै आफु पनि सकेको सहयोग गर्ने वताइन् । सोहि कार्यक्रममा सविनकृष्ण कर्माचाय लाई सम्मान गरिएको थियोे ।


