दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भ्याली पब्लिकमा बास्केटबल भोलिदेखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २० गते, मंगलवार २०:४५

काठमाडौं ।भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
समूह ‘ए’ मा जेभियर इन्टरनेसनल कलेज, टाइम्स कलेज, हेराल्ड इन्टरनेसनल कलेज र साइपाल एकेडेमी तथा समूह ‘बी’ मा भ्याली पब्लिक कलेज, अक्सब्रिज इन्टरनेसनल कलेज, ट्रिनिटी इन्टरनेसनल कलेज र एन्जल्स हर्ट कलेज रहेका छन् । समूहको शीर्ष २ टोली सोझै सेमिफाइनलमा पुग्ने छन् ।
पत्रकार सम्मेलनमा भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लिलबहादुर गुरुङले कोभिड– १९ का कारण लामोसमय सम्म सुस्ताएको विद्यालय खेलकुद गतिविधिलाई प्रतियोगिताले केहि हदसम्म भएपनि खेलाडीलाई चलायमान बनाउन मद्दत पुग्ने धारणा व्यक्त गरे ।
आयोजक भ्याली पब्लिकका कप्तान सक्रिय अधिकारीले प्रतियोगिताले प्रतिभावन खेलाडीको पहिचान गर्न सहयोग पुग्ने बताउदै आफ्नो टिमको लक्ष्य उपाधि नै रहेको बताए ।
प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले विगतमा भ्याली पब्लिकले विद्यालयस्तरीय बास्केटबल आयोजना गर्दै आएकोमा प्लस टुमा पनि अध्ययन सुरु भएकाले पहिलोपटक कलेजस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले विद्यालयस्तरीय बास्केटबललाई पनि निरन्तरता दिने बताए ।
पुस २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको आफ्नै कोर्टमा हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु