दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भ्याली पब्लिकको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २१ गते, बुधबार १७:४१

काठमाडौं ।आयोजक भ्याली पब्लिक कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ ।
कपनको भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकले अक्सब्रिज इन्टरनेसनल कलेजलाई ४४–३८ ले पराजित ग¥यो । भ्याली पब्लिकका कप्तान सक्रिय अधिकारी र राहुल विकेले समान १५–१५ अंक जोडे ।
ट्रिनिटी इन्टरनेसनल कलेज, जेभियर इन्टरनेसनल कलेज र टाइम्स कलेजले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।
ट्रिनिटीले एन्जल्स हर्ट कलेजलाई ४१–३५ ले हरायो । ट्रिनिटीका सुलभ बिसीले १६ स्कोर गरे । जेभियरले साइपाल एकेडेमीमाथि ३५–२५ को जित निकाल्यो । जेभियरका राजिव आलेले ११ अंक बटुले । हेराल्ड इन्टरनेसनल कलेज विरुद्धको खेलमा टाइम्स ३२–३१ को साँघुरोअन्तरले विजयी भयो ।
प्रतियोगिताको भ्याली पब्लिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लीलबहादुर गुरुङले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे । पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टिम सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु