दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टाइम्सलाई अनमोल स्मृति बास्केटबल उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २४ गते, शनिबार २१:५९

काठमाडौं, पुस २४ गते ।
टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो ।
चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले पराजित ग¥यो । राष्ट्रिय र उमेरसमूहका राष्ट्रिय खेलाडीको बाहुल्य रहेको टाइम्स टोलीको जितमा मनीष केसीले २० अंक योगदान गरे । मनीष नै प्रतियोगिताको ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । त्यसवापत उनले १० हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा फाइनलका ‘म्यान अफ द म्याच’ रोयलका निकेश मगरले १६ अंक जोडे । टाइम्सका लागि राष्ट्रिय बास्केटबल टोलीका कप्तान सदीश प्रधानको १२ अंक र विजय बुर्जाको १६ अंक पनि जितका लागि महत्वपूर्ण रह्यो ।
तीन क्वाटरमा पछि परेको स्थितिलाई उल्ट्याउदै टाइम्स उपाधि चुम्न सफल भयो । टाइम्स पहिलोमा १४–१६, दोश्रोमा १८–२१ र चौथोमा १२–१६ ले पछि परेको थियो । तेश्रो क्वाटरमा २६–१४ को अग्रता लिदै टाइम्सले उपाधि सुनिश्चित ग¥यो । उपाधिसंगै टाइम्सले १ लाख नगद पुरस्कार पायो । रोयलले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
टाइम्सले समूह चरणका खेलमा कीर्तिपुर, बीएमके र गोल्डेनगेट तथा सेमिफाइनलमा गोड्सलाई हराएको थियो । गोड्स, स्कल एकेडेमी र क्याम्पियनलाई लिगमा पन्छाएको रोयलले सेमिफाइनलमा गोल्डेनगेटलाई पाखा लगाएको थियो ।
विजेतालाई शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बाबा बस्नेत, बीएमकेका अध्यक्ष हरि अधिकारी, शिव सेना नेपाल, ललितपुरका अध्यक्ष रविन्द्र अवाले, शिव सेना नेपाल, काठमाडौंका अध्यक्ष मदनकृष्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा बास्केटबलका टेक्निकल कमिसनर दुर्गाबहादुर थापालाई सम्मान गरिएको थियो । नेपाल आर्मीका पुरुष बास्केटबल टोलीका कप्तान रविन खत्री पनि १० हजार नगदसहित सम्मानित भए । पुस १८ गतेदेखि सुरु प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु