
चितवन। भरतपुरको चौबिसकोठीमा सञ्चालनमा रहेको संघाई मेडिकल हलले लक्की मिडिया हाउस चितवनलाई मास्क र सेनिटाइजर वितरण गरेको छ ।
आज सोमबार फार्मेसी सञ्चालक दिनेश पौडेललेले लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ लाई सो सामाग्री प्रदान गर्नुभएको हो । सामाजिक कार्यमा सहयोग गर्दै आएका फार्मेसी सञ्चालक पौडेलले मिडिया हाउसलाई केएन ९५ माक्स र सेनिटाइजर प्रदान गरेका हुन् ।
फार्मेसीले समुदायस्तरमै फैलदो अवस्थामा रहेको कोभिड-१९ को संक्रमणबाट बच्नको लागि मास्क, सेनिटाईजर र फेस शील्ड सहयोग स्वरुप वितरण गरेको फार्मेसीका सञ्चालक दिनेश पौडेलले जानकारी दिए ।


