दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एक चिन्तन यो राष्ट्र निर्माणमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष २८ गते, बुधबार १७:०७

–शिव अधिकारी
लौ कंक्रिट विषक्त जंगल बन्यो यो कान्तिपुरी किन
भानुको सुकुमार क्षेत्र अहिले रछ्यान झै भो झन
कहाँ छन अवला अनि चपलता ती यौवनाको घर
यो कान्तिपूरी के गरि कुरुप भो कस्को लिने हो भर ।। १ ।।
साशक् कोही भएन संकट यहाँ टारौ सपारौ भने
हाम्रो यो अमरावती अब कठै कस्ले सजाई दिने
मैलो यो छ अनेक भ्रष्टहरुको उद्योग कमाउने
यो भूमि लुटिएर कंक्रिट बन्यो तस्कर छ रमाउने ।। २ ।।
बाटोमा कसरी हिडु हुरुहुरु धुवाँछ डिजेलको
टेक्ने छैन कतै जमिन यसमा खाल्टो छ संकष्टको
हिड्नु डुल्नु कुनै पराक्रम गरौँ आफ्नो पसिना छरि
बाच्नैमात्र पनि कठिन छ यहाँ के हुन्छ आँखा तरि ।। ३ ।।
भानुको अब कान्तिपुर अहिले विनासभो के गरि
बुझ्नु भानु हुँदा थियो झिलिमिलि साँचो अलका पुरी
ऐले यो परिपूर्ण भो भनिरदा जंगल छ कंक्रिटको
सोच्तै गम्भिरता बढ्यो दिलभरि बद्मासीले दुष्टको ।। ४ ।।
यस्तो सोच अनेक चिन्तन गरि बस्नेहरुमा पनि
सन्तोषै लिई बाच्न चल्न सहजै मिलाउछन क्यै भनि
भन्दै हुर्किन फुर्किने रहर के होला कुनै दिनमा
लाग्नु पर्छ सुधार गर्न सहजै यो राष्ट्र निर्माणमा ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु