तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

चितवन प्रिमियरमा रुचाइयो ‘चपली हाईट ३’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ३० गते, शुक्रबार ६:१८

चितवन ।चलचित्र ‘चपली हाईट ३’ लाई दर्शकले रुचाएका छन् । रिलिजको पूर्वसन्ध्यामा मौफसल कै चर्चित लक्की मिडिया हाउसले चितवनमा भव्य प्रिमियर शो आयोजना गरिएको हो ।

चितवनको नारायणगढमा स्थित क्युएफएक्स जलमा सिनेमा हलमा गरिएको प्रिमियरमा फिल्मले नेपाली समाजमा हुने समसामयिक अपराधका घटनामा केन्द्रित रहेको छ भने फिल्म हेरिसकेपछि दर्शकहरुले फिल्मको खुलेरै तारिफ गरेका छन् ।

“कोरोनाले नेपालको चलचित्र उद्योगलाई तहसनहस बनाएको छ। भूकम्पले घर भत्काए जस्तै अहिले कोरोनाले चलचित्र उद्योगलाई भत्काएको छ। नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो। सोही उद्देश्यका साथ हामीले चलचित्र ‘चपली हाईट ३’ को प्रिमियर शो गरिएको हो ।”, लक्की मिडिया हाउसका प्रबन्ध निर्देशक हरि कार्की ‘लक्की’ले बताए ।

चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

अर्जुन कुमारको निर्माण रहेको चलचित्रलाई निकेश खड्काको निर्देशन गरेका हुने । क्राइम थ्रिलर जनराको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु