दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सरकारको मुख्य प्राथमिकता देश भित्रै रोजगारीका अवसर सिर्जना गर्नु हो- मन्त्री श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ पुष ३० गते, शुक्रबार १०:१४

३० पुस, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशव्यापी रुपमा आन्तरिक रोजगारीको वातावरण सिर्जना गर्नको लागि स्थानीय तहदेखि नै रोजगार कार्यक्रमलाई विस्तार गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रालयले पोखरामा आयोजना गरेको आन्तरिक रोजगारी प्रवर्द्धनका लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले रोजगारी सिर्जना गर्न तीन तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडी बढ्न आग्रह गर्नुभयो ।
श्रेष्ठले उद्यमशीलताको संस्कृती विकास गर्दै कामको सम्मान गर्ने वातावरण तयार गर्नु पर्ने उल्लेख गर्नुहुँदै बजारको माग बमोजिम सीपमूलक श्रमशक्ति विकास गर्न आवश्यक रहेको बताउनुभयो । यस क्षेत्रका व्यहारिक कठिनाइ तथा समस्याको पहिचान गर्दै आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशिल सरोकारवालाहरुलाई प्रोत्साहित गर्ने सरकारको नीति रहेको उहाँको भनाइ छ ।
सरकारको मुख्य प्राथमिकता देश भित्रै रोजगारीको अवसर सिर्जना गर्नु रहेको बताउनुहुँदै उहाँले पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न दीर्घकालिन रणनीति बनाएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । स्थानीय स्तरमा रहेका रोजगारीको सम्भावनाका क्षेत्रहरुको पहिचान गर्न र आन्तरिक रोजगारीको प्रवर्द्धनमा संघ, प्रदेश र स्थानीयतहबीच गर्नुपर्ने समन्वय र सहकार्यका क्षेत्रहरुको पहिचान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु