दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिमि र म घुम्न जाउँ’ भन्दै नायक नबराज श्रेष्ठ र गायिका ईशा कार्की (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १ गते, शनिबार १९:२६

काठमाडौं – अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गायिका ईशा कार्कीको नयाँ गीत ‘तिमि र म घुम्न जाउँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सुमधुर आवाजकी धनि लोकप्रिय गायिका ईशा कार्कीले दर्जनौ कर्णप्रिय गीतहरु नेपाली सांगीतिक बजारमा पस्किसकेकी छिन्। बिदेशी भूमिमा बसेर पनि नेपाली गित संगीत, कला संस्कृति र साहित्यलाइ अगाध माया गर्ने गायिका ईशा दर्शक श्रोता माझ समेत उत्तिकै लोकप्रिय छिन। म्युजिक भिडियोलाइ अमेरिकाको सुन्दर शहर क्यालिफोर्निया सानफार्न्सिसको वे एरिया र कोलोराडोमा आकर्षक ढंगले छायांकन गरिएको छ।

गीतमा शब्द, संगीत तथा स्वर गायिका ईशा कार्कीकोनै रहेको छ भने उनलाई स्वरमा गायक साजन लामाले साथ दिएका छन्। “तिमी र म घूम्न जाउँ” मा अमेरिकामा बस्दै आएका लोकप्रिय नायक नवराज श्रेष्ठ र गायिका इशा कार्कि फिचर्ड गरिएको छ भने भिडियोमा अन्य कलाकारहरु इरिना ठकुरी, रन्जु पाण्डे, अमृत जंग कुँवर, रेशम लाल गौतम, जेम्स र पुरुशोतमले अभिनय गरेका छन्। छायांकन, ड्रोन र सम्पादन रसोज श्रेष्ठको रहेको छ। सार्बजनिक म्युजिक भिडियोको निर्देशन नायक नवराज श्रेष्ठले गरेका हुन् भने म्युजिक भिडियोको परिकल्पना तथा छायांकन ब्यबस्थापन अमृत जंग कुँवरले गरेका थिए।

नायक नबराज श्रेष्ठ नायक, निर्माता, ग्लोबल नेपाली फिल्म अवार्ड युएसएका अध्यक्ष र नेपाल फिल्म सोसाइटि अमेरिकाका अध्यक्ष हुन्। नेपाली चलचित्र तथा गीतसंगीतमा छुट्टै पहिचान बनाउन सफल नायक नबराज सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय छन। हेर्नुहोस उनै बहुप्रतिभावान नायक नबराज श्रेष्ठ अभिनित म्युजिक भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु