दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालाहरु विच अन्तक्रिर्या सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ ३ गते, सोमबार ७:५१

मिति २०७८ माघ २ गते, भक्तपुर

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा माबन अधिकार समुह चाँगु नारायण भक्तपुरको समन्वयमा चाँगु न.पा. वडा नं ७ स्थित प्राथमिक स्वास्थ्य चौकी कार्यालयको बैठक हलमा “स्वास्थ्य अधिकार सम्बन्धी सरोकारवालावीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालको संविधानमा प्रावधान भए अनुसारको स्वास्थ्य अधिकार सम्बन्धी संवैधानिक व्यवस्था विद्यामान स्वास्थ्य निती र सोको कार्यान्वयन, गुणस्तर स्वास्थ्यका लागि योजना
,सामुदायिक स्वास्थय केन्द्रको विद्यमान अवस्था, कोभिड १९ को प्रभावको बेला स्वास्थ्य गतिबिधि तथा योजना का साथै स्वास्थ्य सम्बन्धी विविध छलफल गरी सम्पन्न भएको छ । कार्यक्रमा वडा नं. ७ का वडा अध्यक्ष ज्ञान बहादुर के.सी.ले नेपाल सरकारले स्वास्थ्य र शिक्षाको विकासका लागि प्रयाप्त निति तथा योजनाहरु रहेको बताउदै नगरपालिका समक्षका योजनाहरु विस्तारमा ढिलासुस्ती भएको र प्रकृया गत रुपमा गएरका कार्यक्रमहरु ल्याउन र योजनाहरु कान्र्यावयनमा जोड माथिल्लो तह बाटै नभएको जानकारी गराउदैं आफ्नो वडा बासीको स्वास्थ्य सुढुकरणमा आफु सधै प्रतिबद्धताका साथ लागि परेको बताउनु भयो । स्वास्थ्य कार्यालयले दिने निःशुल्क सेवा सुविधाहरुले मात्रै नागरिकहरुले सेवामा प्रर्याप्त नभएको र आवश्यक औषधिउपचारको सुविधा थप गर्दै जाने र यसमा सबैको साथ र सहयोगको पनि आवश्यकता रहेको बताउनु भयो । रेविज विरुद्धको उपचार सेवा, सर्प डंस को उपचार सेवा, ड्रक्स सेवा, ल्याब सेवा, एक विद्यालय एक नर्स सेवा लगायत को व्यवस्थामा आफुहरु लागि परेको र यस वडा कार्यालयमा सहरी स्वास्थ्य केन्द्रको स्थापना गर्न आवश्याक रहेका र सो का लागि सम्बन्धित निकायहरुमा पहल गर्ने कार्य पनि भैरहेको बताउनु भयो ।
त्यसै गरि स्वास्थ्य चौकी का प्रमुख बलराम तिमिल्सिनाले नेपाल सरकारले प्रदान गरेको सेवाहरु सन्चालन भई रहेको, नगरपालिका स्वास्थ्य शाखाले समयमा नै औषधिहरुको उपलब्ध नगराएको कारणले निःशुल्क दिने भनिएको औषधि हरु समेत प्रदान गर्न नसकिएको बताउदै नेपाल सरकारले निःशुल्क स्वास्थ्य सेवा प्र्रदान कार्यविधि ल्याएको र शुल्क लिएर चौकीमा नै औषधिहरुको व्यवस्था नभएको जानकारी गराउनु भयो । यसका साथै स्वास्थ्य चौकीको सेवा विस्तार सबैले चाहेका तर भौतिक रुपमा पनि प्रयाप्त स्थानको आवश्यकता हुने भएको हुुनाले स्वास्थ्य केन्द्रको भवन निर्माण आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा सहभागिहरुले निःशुल्क पाउने औषधि उपचारको व्यवस्था, आवश्यक थप औषधिहरुको व्यवस्था, कोरोना खोप नलगाएकाहरुलाई लाउने व्यवस्था, कोरोना विरुद्ध नगरपालिकाले गरेका र ल्याउने योजना के के हुने छ र नगरपालिकाले स्थापना गरेको चाँगु नारायण नगरपालिका सबै चाँगु नारायण बासीहरुको पायक पर्ने स्थानमा नभएको र सेवा सुविधा लिन गएका सेवा ग्राहीले पनि उल्लेख गरिएको सेवा सुविधा पनि नपाएको गुनासो गर्दै आदि इत्यादि विषयका प्रश्न उठाउनु भएको थियो ।
कार्यक्रमका मानब अधिकार समुहका संयोजक बच्चुराम न्यौपानेले स्वास्थ्य अधिकार नागरिकहरुको सबै भन्दा प्रमुख अधिकार भएको हुनाले नागरिकले स्वास्थ्य सेवा पाउन बाट बञ्चित नहोउ भन्दै अझै पनि नागरिकहरु सचेत हुनु पर्ने र स्वास्थ्य अधिकारको सवालमा अग्रपँक्तिमा उभिनु पर्ने र इन्सेकको साथ र सहयोगमा सधै भई रहेमा मानब अधिकार समुहले मानब अधिकारको सवालमा नागरिकहरुको गुनासोहरु समाधान गर्न सरोकारवाला निकायहरुलाई घच्चाई रहने बताउनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु