दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अफगानिस्तानमा गएको भूकम्पप्रति पाकिस्तानद्वारा दुःख व्यक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ ४ गते, मंगलवार १५:४२

४ माघ : पाकिस्तान सरकारले मङ्गलबार पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । अफगानिस्तानको पश्चिमी भागको बादघिस प्रान्तमा जनवरी १७ मा गएको भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, पाकिस्तान सरकार र जनताले आफ्ना प्रियजनहरू गुमाउनेहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ र यस भूकम्पमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभकोकामना गर्दछ ।अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा सोमबार दिउँसो गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २२ पुगेको प्रान्तीय अधिकारीले मंगलबार बताएका छन् ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले तुर्कमेनिस्तानसँग सीमा जोडिएको बदघिसको प्रान्तीय राजधानी काला–ए–नाउबाट ४०किलोमिटर पूर्वमा भूकम्प गएको जनाएको छ । यस क्षेत्रमा धेरै पराकम्पन पनि महसुस गरिएको छ ।सिन्ह्वा/Photo: Agency

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु