दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोध

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ ५ गते, बुधबार १८:५१

काठमाडौं । प्रदेश नम्बर २ ले प्रदेशको नाम मधेश राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।
प्रदेश नम्बर २ ले सोमबार प्रदेशको नाम मधेश राखेपछि त्यो प्रदेशमा आन्दोलन भएको छ । पार्टी अध्यक्ष भूमिराज निरौलाद्धारा आज प्रकाशित विज्ञप्तीमा प्रदेशको नाम नसच्याई कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । २०६२÷०६३ सालमा चुरेभावर पार्टीले आन्दोलन गर्दा तत्कालीन सरकारले मुलुक संघीयतामा गएपछि यो प्रदेशको नाम चुरेभावर राख्ने सहमति जनाए पनि अहिले आएर कार्यान्वयन नगरेकोमा पार्टीले आपत्ति जनाएको हो । पार्टीले नाम नसच्याउँदा चुरेभावरमा बसोबास गर्ने र चुरेभावरको आन्दोलनमा लागेकाहरुको भावनामाथि प्रहार भएको पनि जनाएको छ । पार्टीले केही दिनमै पहिचानको लागि आन्दोलन गर्ने र त्यसबाट उत्पन्न भएको परिस्थितिको जिम्मेवार सरोकारवाला निकाय नै हुनुपर्ने पनि स्पष्ट पारेको छ । पार्टीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराई र पहाडबीचको मेरुदण्डको रुपमा रहेको भावर प्रदेशको नाम निशाना समाप्त गर्न खोजिएकोमा समेत आपत्ति जनाएको छ ।
२०६२÷०६३ सालमा ४० लाख गैर नागरिकलाई नागरिकता दिनुको परिणाम नै यो भएको पनि पार्टीको ठहर छ । पार्टीले गैर कानुनी ढंगले वितरण गरिएका नागरिकता खारेज गर्न पनि माग गरेको छ । पार्टीले केही समयदेखि तराइमा जनमत पार्टीको हवाला दिँदै आन्दोलनको नाममा पहाडी समुदायको पहिचान गरी मानसिक र शारीरिक यातना दिनुका साथै सवारी साधन तोडफोड गरेको घटनामा पनि आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । राज्यले त्यस्ता समूहलाई कानुनी दायरामा नल्याए आन्दोलन गर्ने पार्टीले चेतावनी दिएको छ । पार्टीले आफूहरु सधैं राष्ट्रिय एकता र अक्षुणताको पक्षमा सक्रिय रहेको पनि स्पष्ट पारेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु