
–शिव अधिकारी
झुल्के घाम वितेछ रात कसरी प्रकाशको पुञ्जछ
कालो रात्रि चिरेर आउँछ नयाँ यो दिन सम्पूर्णछ
राती किन थियो जरुरत यहाँ प्रकृतिको काखमा
आउँदै अनि जानु पर्दछ भने के रात के दिनमा ।। १ ।।
भन्छौँ दिन अझै छ काम सकिनै गारो भयो पर्खिदे
पर्खदैन कदापी यो समयले भन्दा पनि रोकिदे
त्यस्तै जीवनको तरंग अहिले चल्दै पुरानो हुँदै
मान्छे प्राण पखेरु छाडि जिमिमा अल्पिन्छ चिच्याउदै ।। २ ।।
जान्ने हो धन सम्पत्ति जति हुने भन्छन कुनै रोगमा
लाग्यो खोकी रुघा सताउछ भने कोरोना कै नाममा
यस्तै अस्त र व्यस्त विश्व भरि नै कोरोना भन्दै यहाँ
हल्ला व्यापक बस्ति बस्ति भरिभो मान्छेहरु छन जहाँ ।। ३ ।।
चम्यो उद्यम विश्वका धनि सबै खोपै बनाउ भनि
विक्रि खोेप अचम्म नै बढि रह्यो बन्दै गए ति धनि
साना देश झनै गरिव हुनमा यो भो ठूलो कारण
यस्तो होईन यो भनेर अहिले को गर्छ उच्चारण ।। ४ ।।
निको हुन्न लगाई खोप अब यो अर्को लगाउ भनि
भन्छन यो पनि हुन्न लाउनु पर्यो त्यो खोप फेरी पनि
खोपै खोप छ आज विश्व भरिनै नै आतंक जस्तै बन्यो
यसै कारणले धनाड्यहरुको सम्पत्ति बढ्ने भयो ।। ५ ।।


