दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तीन तहको निर्वाचन एकै चरणमा गर्न सकिन्छ, यसको लागि संकल्प प्रस्ताव पास गर्नुपर्छ : डा. खिमलाल देवकोटा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ ८ गते, शनिबार २०:३४

काठमाडौं, ८ माघ । राष्ट्रियसभाका सदस्य डा. खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्ने सवालमा कोही पनि विपक्षमा नरहेको स्पष्ट पारेका छन् । तर, देवकोटाले तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने आफ्नो धारणा राखेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ‘निर्वाचनकेन्द्रित’ विशेष साक्षात्कारमा बोल्दै उनले भने–‘अहिले अर्ली–ईलेक्शनको कुरा आएको छ । प्रतिनिधिसभाको र स्थानीय तहको निर्वाचन एकैसाथ गर्न सकिन्छ कि सकिँदैन् भन्ने बहस पनि छ । संघीय संसद् विगत लामो सयमदेखि अवरुद्ध छ । एमालेले संसद् चल्न दिएको छैन। अपेक्षाअनुसार संघीय संसद्ले गति लिन सकेन् । स्थानीय तहको निर्वाचन सँगसँगै प्रतिनिधिसभाको निर्वाचन गर्नेबारे छलफल भएको छ । सबभन्दा पहिलो स्थानीय तहको निर्वाचन हो । निर्वाचन आयोगले चुनावको मिति सिफारिश गरेको छ । निर्वाचन आयोगलाई मिति तोक्न दिने कुरामा मेरो आंशिक सहमति छ । आयोगलाई मिति दिनुभन्दा संविधानमै मिति तोक्नुपर्छ । चुनावको कुरा गर्दा सबै निर्वाचन २ महिना अगाडि नै किन नगर्ने ? यसो गर्दा राम्रो हुन्छ ।’

उनले संविधानतः स्थानीय तहको निर्वाचनलाई पछि लान नमिल्ने भन्दै गठबन्धन दलले चुनाव नसार्ने पनि जिकिर गरे । उनले तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिने आधार सुनाए । देवकोटाले भने–‘अर्ली–ईलेक्शन सम्भव छ । तीन तहको निर्वाचन एकै चरणमा गर्न सकिन्छ । तर, यसको लागि संसद्मा संकल्प प्रस्ताव पास गर्न जरुरी छ । अहिलेको प्रधानमन्त्री भनेको संविधानको धारा ७६ को ५ को प्रधानमन्त्री हो । यदि निर्वाचन गर्ने सवालमा सबै दल एक ठाउँमा उभिने हो भने संसद्मा संकल्प प्रस्ताव पेश गर्नुपर्छ, एमाले पनि यसको विरुद्धमा जाँदैन् । उसले संकल्प प्रस्ताव पास गर्छ । त्यसो हुँदा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न सक्छौं ।’
सरकारले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने भन्यो भने निर्वाचन आयोगले पनि सक्दिन् भन्न नपाउने उनको टिप्पणी छ । देवकोटाले स्थानीय तहलाई भ्याकुममा राख्न नपाईने सुनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु