
काठमाडौ। बरिस्ठ फोटो पत्रकार जनार्दन अर्याल लाई मातृशोक परेको छ ।
अर्यालका ममतामयी माता दुर्गा देवी अर्यालको १०४ वर्षको उमेरमा माघ ८ गते शनिबार आफ्नै निवास सोह्रखुटटेमा निधन भएको हो ।
स्वर्गीय दुर्गा देवी अर्यालको दुई छोरा एक छोरी हुनुहुन्छ ।
यो दुखद घडीमा न्युजलाइन्स मिडिया परिवार दुख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौ।


