दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १० गते, सोमबार ११:०३

प्रल्हाद दाहाल
निवर्तमान सचीव :एन प्याब्सन

”
विश्व महामारीको रुपमा रहेको कोरोनाभाइरसले लगातार तिन वर्षसम्मका शैक्षिकसत्र लगभग पूरै प्रभावित पार्यो । केही समयको भौतिक उपस्थिति र बाँकी अनलाइनको माध्यमबाट जसोतसो शैक्षिक सत्र पार लाग्ने भए । गत वर्ष दोस्रो लहरको क्रममा असार १ गतेदेखि नयाँ सत्र सुरु गर्न भन्दै शिक्षा मन्त्रालयबाट सुचना जारी गरिएको थियो भने तेस्रो लहर शुरु भएसगै अबको शैक्षिक के हुने हो कुनै टुंगो छैन । शैक्षिक सत्रभन्दा पनि अब त निजि विद्यालय आफैं रहने हो कि होइन भन्ने अन्योल भयो । अरु सबै कुरा चल्दा पनि विद्यालय बन्द गर्ने सोचले गर्दा झनै अन्योल ग्रस्त भयो । अहिले पनि अन्य कुनै क्षेत्र पुर्ण रुपमा बन्द रहेको छैन । जता ततै भिडभाड कायमै छ। अझ भन्ने नै हो भने विद्यालय बन्द गर्दाभन्दा खोल्दा चाहिँ बालबालिका सुरक्षित रहन्छन् । विद्यालयमा दैनिक चेक जाँच गरेर अरु नयाँ ब्यक्ति कसैको आगमन नभई दैनिक एकै किसिमका ब्यक्तिको उपस्थितिमा गतिविधि हुने हुँदा त्यो अत्यन्तै सुरक्षित रहन्थ्यो । तर घरमा बालबालिका यताउता हिडिंरहेका हुन्छन् र विभिन्न थरिका ब्यक्तिसँग सम्पर्कमा आउँछन् । सधैं एकै ठाउँमा राख्ने कुरा पनि भएन । त्यस कारण सबै बालबालिकालाई भ्याक्सिन लगाएर सुरक्षितका साथ नियमित विद्यालय संचालन गर्दा पढाई पनि नबिग्रने र बालबालिका सुरक्षित हुने हुँदा नियमित विद्यालय खुलाउनु नै बुद्धिमानी हुनेछ । होइन भने घरका सबै अन्य ब्यक्ति बाहिर जाने अनि घरमा बालबालिका मात्र राख्नुको कुनै अर्थ रहँदैन । यसले सुरक्षाको मात्र कुरा होइन गुणस्तरमा पनि ठूलो असर बनाएको छ ।

धेरै समयसम्म भौतिक रुपमा उपस्थित भएर पठनपाठन गर्न नसकिएका कारण गत वर्ष पाठ्यक्रम केही मात्रामा कम गर्दै दुई महिना शैक्षिक सत्र लम्ब्याएर भए पनि बल्ल बल्ल शैक्षिकसत्र सम्पन्न भएको थियो । तर यस वर्ष त त्यो पनि कुनै टुंगो छैन । निजि विद्यालयले यस्तो कठिन अवस्थामा आफ्नो जिम्मेवारी बहन गरेता पनि त्यसको मर्का भने कसैले बुझ्ने कोसिस गरेको पाइदैन । कोरोना भाइरसका कारण लकडाउन हुँदा निजि विद्यालयले अनगिन्ती समस्या झेल्दै आफ्ना सबै किसिमका कर्तव्य पूरा गरेका छन् । तर राज्यबाट कहिँ पनि सम्बोधन गरेको पाइदैन । जसले गर्दा आम निजिमा पढ्ने विद्यार्थी र विद्यालय संचालक सरकारले गरेको फरक व्यवहारबाट वाक्क दिक्क हुँदै अत्यन्तै दुखी हुन परेको छ ।

हाम्रो देश भौगोलिक रुपम बिकट छ । कति ठाउँमा विजुली बत्ती नै पुगेको छैन भने कति ठाउँमा नेट नै राम्रोसँग नटिप्नाका कारण अनलाइन कक्षा लिन संभावना नै छैन ।जहाँ नेट थियो,बत्ती थियो त्यहाँ पनि अनगिन्ती समस्याका विच जिनतिन पढाइ भएको छ । तर वास्तवमा पढाइ कति भयो र कस्तो भयो भन्ने कुरा चाहिँ कठिन नै छ। सबै ठाउँमा एकै किसिमका स्कूलहरू नभएका र सबै ठाउँमा कोभिडको सङ्क्रमण पनि एकैनासको नभएका कारण स्कूलहरूमा पढाई पनि ठाउँ अनुसार फरक फरक भएको देखियो । अहिले पढाइभन्दा पनि आम मानिसमा कोरोनाभाइरससँग कसरी बाँच्ने भन्ने कुरा चाहिँ बढी महत्वपूर्ण भयो । संक्रमण कम होस् भनेर विभिन्न नाम दिएर कहिले स्मार्ट लक डाउन त कहिले के भन्दै लकडाउन गरियो । लकडाउनपछि स्कुलहरुले अनलाइन पढाइ गर्न बाध्य हुन पर्यो । तर यसको अभ्यास हाम्रो देशमा त्यति धेरै नभएका कारण २ वर्ष भैसक्दा पनि सबै जसो अभिभावकले विश्वास नगर्दा अनलाइन कक्षा त्यति प्रभावकारी हुन सकेको छैन जति आशा गरिएको थियो । तर जे जस्तो भए पनि हाम्रो देशमा त्रिभुवन विश्वविद्यालयदेखि स्कुल तहसम्म सबैतिर अनलाइनबाट नै कक्षा चलिरहेको छ । कोरोना भाइरसका कारण गत वर्षहरुमा विभिन्न चरणमा कतै स्कूल दुई महिना मात्र भौतिक रुपमा सञ्चालन भए भने कतै ६ महिना संचालन भएका थिए । यस वर्षको अवस्था पनि के हो भन्नै सकिने अवस्था छैन । सबै स्थानको वैकल्पिक पठनपाठन पनि एकैनास हुन सक्दैन । शहरी
क्षेत्रमा अनलाइन कक्षा अलि बढि प्रभावकारी छ भने ग्रामीण क्षेत्रतिर तुलनात्मक रुपले कम छ । तर ग्रामीण क्षेत्रमा संक्रमण कम भएकाले भौतिक रुपमा पठनपाठन अलि बढी नै भैरहेको छ । जसको कारण ग्रामीण क्षेत्रकाभन्दा शहरी क्षेत्रका अनि विशेष गरि साना तथा मझौला विद्यालय ठूलो समस्यामा छन् । अनलाइन पढाउँदा पनि सबै विद्यार्थी सहभागी नहुने, शुल्क नउठ्ने, अलि धेरै रकम बाँकी भएपछि स्कुल नै छोड्ने, अनलाइन पढेता पनि अनेक बहाना बनाएर सकभर शुल्क तिर्न नखोज्ने आदि कारण ठूलै मर्कामा परेका छन् । यस्ता किसिमका समस्या हुने प्राय विद्यालयको आफ्नो जमिन र भवन पनि छैन । सबै जसो भाडामा नै संचालन भएका हुन्छन् । यत्रो समयसम्म नियमित विद्यार्थीसँग शुल्क उठाउन नसक्दा विद्यालय टिकाउनै गार्हो भएको छ । बाहिरबाट हेर्दा अनलाइन पढाएका छन्, शुल्क लिएकै छन भन्ने छ तर वास्तवमा त्यस्तो छैन । यो वर्गका निजि विद्यालयमा पढ्ने अभिभावक पनि ठूलो समस्या भोगेका हुन्छन् । प्राय जसो निजि अफिसमा काम गर्ने, साना-साना ब्यापार व्यावसाय गर्ने खालका हुन्छन् । अहिले यो कोरोनाका कारण सबैभन्दा बढी मारमा पनि त्यही वर्गका मानिस छन् । यस कारण पनि साना तथा मझौला निजि विद्यालय सबैभन्दा बढी मारमा परेका छन् । हुन त यो कोरोनाका कारण कुनै क्षेत्र पनि राम्रोसँग संचालन हुन सकेको छैन । तर ठूला-ठूला निजि विद्यालयमा भने त्यति धेरै समस्या देखिदैन । त्यहाँ भवन आफ्नै हुन्छ, भाडा तिर्न पर्दैन, त्यहाँ पढाउने अभिभावक पनि आर्थिक हिसाबले अलि सम्पन्नै र बुझ्ने खालका हुन्छन् , पढ्नका लागि आवश्यक सामग्री ल्यापटप, मोबाइल, नेट, ट्याब आदि जे जे सामग्री आवश्यक हो त्यो अनुसार उपलब्ध गराउन सक्ने हुँदा अलि बढी सहज भएको पाइन्छ । वैकल्पिक पठनपाठनमा पनि निजी तथा सामुदायिक विद्यालयहरूबीच भिन्नता रह्यो। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ल्यापटप, कम्प्युटर, नेट लगायत आवश्यक सामग्री उपलब्ध गराउन राज्य आफैं लाग्यो भने निजि विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई भने पुरै सौतेनी ब्यवहार नै गरियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु