दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १३ गते, बिहीबार १७:४१

काठमाडौं । नेपालमा आज ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २१ हजार ८०८ नमु्ना परीक्षणमा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो । बुधवारको तुलनामा संक्रमित हुनेको संख्या केही घटेको हो ।

आज उपत्यकाको काठमाडौंमा २,४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० गरी ३,१४३ जना संक्रमित भएका छन् । बुधवारको तुलनामा आज उपत्यकामा संक्रमित हुनेको संख्या घटेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका ८ हजार १७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ६० हजार ८४१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५,२९२ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५,२९२ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ३७ हजार ४ पुगेको छ ।

मन्त्रालयको विवरण अनुसार हाल ९० हजार ५७६ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ८८ हजार ६४२ र १९३४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै २५७ जना आइसीयु र ४९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

आज १५ जनाको मृत्यु

कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न अस्पताल तथा आइसोलेशनमाउपचाररत १५ जनाको मृत्यु भएको हो ।

आज थपिएका १५ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी ५ लाख ५४ हजार ५६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु