
शहिद शिर्षकको २२ वर्ष अगाडी लेखेको कविता
राजन रिमाल तनहुँ
———————–
वलीको पशु वनेर गए हजारौ सपूत !
मुलुकले माग्यो धेरै नै शहिद अझ भो नपुग !!
आमाको आत्मा पत्निको आँशु त्यो आलो रगत !
भाई-भाईको युद्द शत्रु लाई हँसाई वन्दैन मुलुक !!
आमाको छाती शहिदको रगत कल्पना गरेर !
मरेर लानु केहि पनि छैन केहि गर वाँचेर !!
फर्कने छैन सिंउदोको शिन्दूर शहिदको आत्मा झन !
हँसाउनु पर्छ आमाको मुहार नडुलाउ तिमी मन !!
डिकमा राख्नु हुदैन राम्रो आमाको शरीर लाई !
मरेका हैनन ती हाम्रा सहिद हेर्याछन माथि गई !!
नदेला सराप सकिन्न भन्न सहिदको आत्माले !
ईश्वर तैले रचेर फेरी लखनको जन्म दे !!
शहिदकी आमा रात दिन रुँदै मेला र पातामा !
सिन्दूरका खातिर शहिदकी पत्नि झण्डा छ हातमा !!
मनमा आक्रोश वोकेर हिंड्छ टुहुरो विचरा !
मनले उसलाई दिदैन संतोष कहि कतै सहारा !!
शहिदको रगत पोतेर झण्डा हुन गो रङीन !
हुदैन आमा क्रान्ति यस्तो वोक्दछु संगिन !!
जनतका सिपाही मैदानमा परेड खेलेर !
गुमेको हक अधिकार सवै ल्याउनु छ लडेर !!
देशको छोरो देशमै लड्छु लडेरै मर्दछु !
मागेर हक दिदैन कोहि म लडाई लड्दछु !!


