दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सहिद हरुले देखाएको बाटोमा सबै राजनीतिक दल हिड्नु पर्छ: मधु आचार्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ माघ १६ गते, आईतवार १३:२४

माघ १६, काठमाण्डौं

आज माघ १६ गते अर्थात् शहीद दिवस, देश र जनताको हित अनि अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति श्रद्धा र सम्मान गर्दै देशभर शहीद दिवस मनाइँदैछ । यो दिन देश र जनताका लागि आफ्नो जीवनकै बलिदानी दिने ती महान् शहीदलाई सम्झिने र उनीहरूले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्ने दिन ।
यसै अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कल काभ्रेपलान्चोक जिल्ला समिति ले जुम भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम को सभापतित्व समितिका सचिव ई. कमार तिमल्सिना ले गरेका थियो , कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य मधु आचार्य रहेका थिए ।

विशिष्ट अतिथिमा सर्कल का केन्द्रीय अध्यक्ष तारा बहादुर थापा, पांचखाल नगरपालिका का मेयर महेस खरेल थिए । कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि मधु आचार्यले सहिद हरले देखाएको बाटोमा नेपाल का सबै राजनीतिक दलहरु हिड्नु पर्ने बताए ।

देश र जनताको सुन्दर भविष्यको कामना गर्दै नेपालमा सयौं व्यक्तिले ज्यानको आहुति दिए तापनि ती अमर शहीदका कैयौं सपना अझै पूरा हुननसकेको उहाँ को भनाई छ । उक्त कार्यक्रम को सञ्चालन कोषाध्यक्ष स्मृति घिमिरे ले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु