
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत ३२ संक्रमितको मृत्यु भएको हो । मृतकको यो संख्या माघ १३ देखि १६ सम्म प्राप्त भएका तथ्यांकहरु हुन् ।
नेपालमा केहीदिनयता संक्रमित हुनेको संख्या घट्दै गएपनि मृत्यु हुनेको संख्या भने बढेको छ ।
आज थपिएका ३२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट जयन गुमाउनेको संख्या ११ हजार ७३५ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १३ हजार १४५ नमु्ना परीक्षणमा ३,५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका ३,४५० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या १० लाख ७६ हजार ११२ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ६,३५९ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ६,३५९ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ५४ हजार ७१९ पुगेको छ ।


